arrow

प्रदेश नं १ मा १४४ सङ्क्रमित निको भए, ३७ थप

logo
प्रकाशित २०७७ पुष १८ शनिबार
corona_vairous.jpg

विराटनगर। प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा १४४ जना सङ्क्रमित निको भएर घर फर्केका छन्। निको हुनेहरुमा होम आइसोलेसन र विभिन्न जिल्लाका कोभिड अस्पतालमा रहेका सामाजिक विकास मन्त्रालयले जनाएको छ। हालसम्म निको हुनेहरुको सङ्ख्या २८ हजार ४३० पुगेको छ।

सोही अवधिमा प्रदेशमा ३०९ जनाको पिसीआर परीक्षण गरिएकोमा १३ महिला र २४ पुरुष गरी ३७ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। थप हुने सङ्क्रमितहरुमा झापामा १८, मोरङमा नौ, सुनसरीमा छ, धनकुटा र इलाममा एक÷एक र प्रदेश बाहिरका दुई जना रहेका छन्।

प्रदेशमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या २९ हजार ८१२ पुगेको मन्त्रालयले जनाएको छ। प्रदेशमा हालसम्म दुई लाख आठ हजार ९११ जनाको पिसीआर परीक्षण गरिसकिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ