arrow

प्रधानमन्त्रीकप क्रिकेटको डिसहोमले प्रत्यक्ष प्रशारण गर्ने

logo
प्रकाशित २०७७ पुष १० शुक्रबार
dish-home-cricket.jpg

काठमाण्डौं। डिशहोम नेटवर्कले सगरमाथा सिमेन्ट पीएम कप महिला (टी–२०) तथा पीएम कप  पुरुष (एक दिवसीय) खेलको प्रत्यक्ष प्रशारण गर्ने भएको छ। राष्ट्रिय खेलकुद परिषदको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघ (क्यान)द्वारा आयोजित दुवै प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेबारे डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ।

२६ डिसेम्बरदेखि दाङको लमहीमा सञ्चालन हुने सगरमाथा सिमेन्ट पीएम कप महिला (टी–२०) मा एक विभागीय टोली र ७ प्रादेशिक महिला टोलीले  सहभागिता जनाउँने छन्।

यस्तै काठमाडौंको कीर्तिपुर तथा मुलपानी मैदानमा जनवरी–२०२१ बाट सुरु हुने पीएम कप पुरुष (एक दिवसीय) २०७७ को उपाधिका लागि तीन विभागीय टोली र ७ प्रादेशिक टोली प्रतिस्पर्धामा उत्रनेछन्। दुवै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानलले प्रत्यक्ष प्रशारण गर्ने कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ