arrow

“टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प” बुधवार अन्तिम दिन, फाइदा उठाउन गाडीधनीलाई आग्रह

logo
प्रकाशित २०७७ पुष ७ मंगलबार
tata-exchange-camp.jpg

काठमाडौं। टाटाले बिश्वभर आयोजना गरेको टाटा मोटर्स ग्लोबल सर्भिसको नेपालका लागि टाटाको आधिकारीक बिक्रेता सिप्रदी टेडिङ्ग प्रालिले ग्लोबल सर्भिस क्याम्प २०२० यही मंसिर २८ देखि ८ पौष गते सम्म संचालनमा ल्याइरहेको छ।

ग्लोबल सर्भिस क्याम्पमा स्वास्थ्य र सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्दै, ग्राहक तथा कर्मचारीहरुलाई विशेष ध्यानमा राखी संचालनमा ल्याइएको बताइएको छ। सर्भिस सेन्टर परिसर भित्र भिडभाड कम गर्न र भौतिक दुरी कायम गर्न सहज होस् भनेर ग्राहकहरुलाई अग्रिम बूकिंगको पनि व्यवस्था गरिएको नेपालको लागि टाटाको आधिकारिक बिक्रेता सिपर्दीले जनाएको छ। अग्रिम बुकिङ गर्न ९८०१२२३३४४ मा कल वा मिसकल गरेर सजिलै अग्रिम बूकिंग गर्न सकिने बताइएको छ।

आजसम्म ४९९० वटा भन्दा बढी टाटा कर्मशियल गाडीहरुले यस ग्लोबल सर्भिस क्याम्पको लाभ उठाईसकेको जानकारी दिइएको छ। भोलि पौष ८ गते ग्लोबल सर्भिस क्याम्पको यो चरणको अन्तिम दिन रहेको जनाइएको छ।

गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्पमा निःशुल्क बम्पर टु बम्पर चेकअप, निःशुल्क सर्भिसिङ्ग, स्पेयर पार्टस्, लुब्रिकेन्टस् र ब्याट्रीमा भारी छुटका साथै चालकहरूका लागि निःशुल्क तालिम, हरेक दिन स्मार्टफोन जित्ने अवसर र प्रत्येक दिन टाटा गाडी सम्बन्धी अनलाइन परामर्श जस्ता सुविधाहरु रहेको जनाइएको छ। ग्लोबल सर्भिस क्याम्पबाट पूर्ण फाइदा उठाउन सम्पूर्ण टाटाका गाडी धनीलाई आग्रह समेत गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ