मेगा बैंकबाट सुनचाँदी महिला व्यवसायीहरुलाई बिनाधितो ब्याज अनुदान कर्जा
प्रकाशित २०७७ पुष ७ मंगलबार
724
Shares
काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले ललितपुर सुनचाँदी ब्यवसायी संघमा आबद्ध सुनचाँदी महिला व्यवसायीहरुलाई बिनाधितो ब्याज अनुदान कर्जा दिने भएको छ।
मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र ललितपुर सुनचाँदी ब्यवसायी संघका अध्यक्ष रमेशबहादुर शाक्यबीच संघमा आबद्ध महिला उद्यमीहरुलाई १५ लाख रुपैंयासम्म बिनोधितो ब्याज अनुदान कर्जा दिने सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सुनचाँदी व्यवसायी संघबाट सिफारिससहित आवश्यक काजगपत्र लिएर आउने उद्यमीहरुले यो कर्जा पाउनेछन्।
यस कर्जाले महिला उद्यमीहरुलाई आत्मनिर्भर बनाउन थप उत्साह र उर्जा मिल्ने मेगा बैंकको विश्वास छ।