arrow

एण्डी मरे समूह चरणबाटै बाहिरिए

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
66837844.jpeg
एजेन्सी । चौथो बरियताका स्वीस खेलाडी स्टानिस्लास वावरिन्का दोस्रो बरियताका ब्रिटेन खेलाडी एण्डी मरेलाई हराउँदै लण्डनमा जारी एटिपी वर्ल्ड टुर फाइनल्स टेनिसको अन्तिम चारमा पुगेका छन् ।  शुक्रबार राति भएको समुह चरणको अन्तिम खेलमा मरे वावरिन्कासंग ७–६ (७–४) र ६–४ को सेटले पराजित हुँदै समूहचरणबाटै बाहिरिए ।
 
वावरिन्काले सेमिफाइनलमा तेस्रो बरियताका स्वीस खेलाडी रोजर फेडेररसंग खेल्ने छन् । फेडेररले जाप्नीज् खेलाडी केइ निसिकोरीलाई हराएर सेमिफाइनलमा ठाउँ पक्का गरेका थिए । अर्को सेमिफाइनलमा शीर्ष बरियताका सर्बियन खेलाडी नोभाक जोकोभिच र पाचौं बरियताका स्पेनिश खेलाडी रफाइल नदाल भिड्ने छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ