arrow

टाटा मोटर्सको पाँचौं ग्लोबल सर्भिस क्याम्प शुरु, ५० स्थानमा आयोजना 

logo
प्रकाशित २०७७ मंसिर २८ आइतबार
tata-motors-camp-2020.jpg

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडको ग्लोबल सर्भिस क्याम्प २०२० शुरु भएको छ । यही मंसिर २८ गते आइतबारदेखि शुरु भएको उक्त ग्लोबल सर्भिस क्याम्प पुस ८ गतेसम्म संचालन हुने भएको छ । 

अहिलेको परिस्थितिलाई ध्यानमा राखेर यो वर्षको ग्लोबल सर्भिस क्याम्पको उद्घाटन सिप्रदीको आधिकारिक फेसबुक पेजबाट लाइभ गरिएको थियो । उक्त उद्घाटन समारोहमा रुद्ररुप मैत्रा टाटा मोटर्स कमर्शियल गाडीका अन्तर्राष्ट्रिय व्यापार प्रमुखले भिडियो मार्फत यस वर्ष ग्राहकलाई धेरै महिना गाडी थन्काएर राखेका गाडीहरुलाई सहजता प्रदान गर्न यो ग्लोबल सर्भिस क्याम्प २०२० को आयोजना गरेको जानकारी दिए । 

यसका साथै उनले सम्पूर्ण सिप्रदी तथा टाटा मोटर्सका कर्मचारी, ग्राहकहरु, मिडिया तथा सहभागीहरुलाई सम्बोधन गर्दै सुरक्षित रहेर ग्लोबल सर्भिस क्याम्पमा उत्कृष्ट प्रदर्शनको शुभकामना दिए ।

सोही समारोहमा सिप्रदी ट्रडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सिप्रदीको सफलताको श्रेय सबै ग्राहकको अटुट विश्वास, कर्मचारीहरुको निरन्तर मिहिनेत र लगनशीलता र मिडियाकर्मीको साथका लागि धन्यवाद दिए । 

यसका साथै यो वर्ष ग्लोबल सर्भिस क्याम्पमा सुरक्षा मापदण्डलाई ध्यानमा राखेर १० दिनसम्म आयोजना गरिएकोे श्रेष्ठले उल्लेख गरे । उनले ग्राहकलाई ढुक्क भई प्रि बुकिङ्ग गरेर यो सर्भिस क्याम्पको फाइदा उठाउन आग्रह गरे ।

गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने हेतुले आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प, विश्वभरि ४५ राष्ट्र लगायत नेपालका ५० विभिन्न स्थानहरुमा आयोजना गरिएको सिप्रदीले जनाएको छ । 

यस ग्लोवल सर्भिस क्याम्प अन्तर्गत टाटा मोटर्स सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ । निःशुल्क बम्पर टु बम्पर चेकअप, निःशुल्क सर्भिसिङ्ग, स्पेयर पार्टस्, लुब्रिकेन्टस् र ब्याट्रीमा भारी छुट, चालकहरूका लागि निःशुल्क तालिम, हरेक दिन स्मार्टफोन जित्ने अवसर र प्रत्येक दिन टाटा गाडी सम्बन्धी अनलाइन परामर्श जस्ता सुविधाहरु यस वर्षको प्रमुख विशेषताहरु रहेको सिप्रदीले जानकारी दिएको छ । 

यसका साथै सर्भिस सेन्टर परिसरभित्र सामाजिक दूरी कायम गर्न सिप्रदीले सर्भिस बुकिङलाई प्राथमिकता दिँदै, सर्भिस प्रिबुकिङ गर्ने ग्राहकहरुलाई थप उपहारको व्यवस्था गरेको जनाएको छ । सर्भिस बुकिङ गर्नको लागि ९८०१२२३३४४ मा मिस्ड कल दिन सक्ने पनि सिप्रदीले आग्रह गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ