arrow

जीवनमा पालना गर्नुपर्ने बुद्धका केही नियम

logo
बुद्ध,
प्रकाशित २०७७ मंसिर २३ मंगलबार
gautam-buddha1.jpg

काठमाडौं । महात्मा गौतम बुद्धले आफ्नो प्रवचनहरुमा जीवनलाई सुखी र सफल बनाउने कयौ तरिका बताएका छन् । गौतम बुद्ध भन्छन् शंका गर्ने बानी निकै खतरनाक हुन्छ । शंकाले मानिसहरुलाई अरुबाट अलग गर्छ । यो बानी श्रीमान-श्रीमति बिचको सम्बन्ध, दुई साथीहरुको मित्रता र प्रमि प्रमिकाको प्रेमलाई अन्त्य गर्छ । यसबाट जोगिनुपर्छ ।

हामी कुनै पनि कुरा प्रति जब क्रोधित हुन्छौं, हामी सत्यको मार्ग छोडेर आफ्नो लागि प्रयास गर्न थाल्छौ । क्रोधित व्यक्ति स्वार्थी हुन्छ । आफ्नो कुरा मात्र मनाउने प्रयातन्न गर्छ । क्रोधदेखि  बच्नुपर्छ ।

ईर्ष्या र घृणाको भावनाले जीवनमा कुनै पनि खुशी हासिल गर्न दिदैन । यो भावनाले हाम्रो मनको शान्ति समाप्त गर्छ । अज्ञानी व्यक्ति साढे समान हुन्छ । उ ज्ञानमा नभइ आकारमा ठुलो देखिन्छ । क्रोधलाई पालि राख्नु, तातो कोइला कसैमाथि बर्षाउनलाई समाति राख्नु समान हो । यसले हाम्रो हात पनि जल्छ ।

यस संसारमा कहिले पनि खुशी र सुख स्थाई हुन सक्दैन। ठीक यसरी नै दुख पनि स्थाई हुदैन । यदि तपाई अध्याँरोमा डूब्नु भएको छ , खराब समयको सामना गरिरहनुभएको छ भने तपाईले प्रकाशको खोजि गर्नुपर्नेछ । बितेको समयको याद गर्नु हुदैन । भविष्यको लागि सपना देख्नु हुदैन , तर तपाईको दिमागलाई वर्तमानमा नै केन्द्रित हुनुपर्छ ।

जीवनभर बिना ध्यान साधना गर्ने अपेक्षा जीवनमा एक दिन समझदारीसँग जिउनु कयौ गुणा राम्रो हो ।  तपाई आफ्नो रिसको लागि  दण्डित हुनुपर्दैन , तपाई आफ्नो रिसबाट आफै दण्डित हुनुहुनेछ । हरेक मानिस आफ्नो स्वास्थ्य वा बिमारीको कारक हो । यसैले खान-पिन र दिनचर्याको ध्यान राख्नुपर्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ