arrow

सिप्रदीद्वारा पोखरामा मोटरसाइकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नति

logo
प्रकाशित २०७७ मंसिर २२ सोमबार
mak-serve-sripradi.jpg

पोखरा। भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्व प्रसिद्घ म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिको संयुक्त परियोजनामा नेपालको पर्यटकीय स्थल पोखराको केन्द्रबिन्दु राष्ट्र बैंक चोकमा रहेको श्रीराम मोटरसाइकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नति गरेको छ।

उक्त म्याक सर्भको भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड ल्युब्स्का कन्ट्री म्यानेजर मुकुन्द धमला, सिप्रदी ल्यब्स्का डेप्युटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठ र टु ह्वीलर एसोसिएसन पोखराका अध्यक्ष लक्ष्मण केसीले संयुक्त रुपमा उद्घाटन गरे। म्याक सर्भमा ग्राहकले अत्याधुनिक उपकरणहरुबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्न सक्ने सिप्रदीले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।

त्यहाँ म्याक ल्युब्रिकेन्टस्को प्रयोग गरी मोटरसाइकल तथा स्कुटरहरुको सर्भिसिङ सेवा प्रदान गरिनेछ। उक्त वर्कशपमा ग्राहकले कुनैपनि ब्राण्डको मोटरसाइकल तथा स्कुटरहरुको सर्भिसिङ गरी उत्कृष्ट सेवा प्राप्त गर्न सक्ने दावी गरिएको छ।

वर्कशपले विभिन्न ब्राण्डका जेन्युइन पार्टपुर्जाहरु पनि उपलब्ध गराउँदै आइरहेको बताइएको छ। म्याक सर्भको स्तरोन्नति गरिएको अवसरमा डिसेम्बर, २०२० सम्म यस वर्कशपमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्टस्मा १५ प्रतिशत, लेवर चार्जमा २० प्रतिशत र अन्य पार्टस्हरुमा १० प्रतिशत सम्मको छुटको ब्यवस्था गरिएको सिप्रदीले बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ