arrow

भगवान गणेशलाई किन चढाउने दूबो ?

दूबोका फाइदा अनेक

logo
एसएसआरएफ,
प्रकाशित २०७७ मंसिर १९ शुक्रबार
ganesh-dubo.png

काठमाडौं । सामान्यतया हरेक खालको पूजा पाठ र हवनको समय दूबो प्रयोग गर्ने गरिन्छ। दुवो एक घाँस हो। दूबो हरेक भगवानलाई चढाउने गरिन्छ। भगवान गणेशलाई दुबोको घाँस निकै मनपर्छ। दुः +अवम्, यी शब्दहरुबाट दूर्वा (दुबो) शब्द बनेको हो । ‘दुः’ अर्थात टाढा र ‘अवम्’ अर्थात नजिक ल्याउँने । दूर्वा त्यो हो, जसले श्री गणेशको टाढाको पवित्रहरुलाई नजिक ल्याइदिन्छ ।

गणेशलाई दुबो चढाउनुको पौराणिक कारण
गणेशसॅंग विवाह गर्ने कामनाले एउटा अप्सराले ध्यानमग्न गणपतिको ध्यान भंग गरिदिइन् । जब गणपति विवाहको लागि तयार भएनन्, तब अप्सराले गणपतिलाई श्राप दिइन् । यसले गणपतिको टाउकोमा जलन हुन थाल्यो, जसलाई न्यून (कम) गर्नको लागि गणपतिले टाउकोमा दुबो धारण गरे ।  त्यस समयदेखि गणेशलाई दुबो चढाइन्छ ।

आयुर्वेद
आयुर्वेदमा पनि दुबोको रसले शरीरको जलन न्यून हुन्छ भनिएको छ । दुबोको घास सेवन गर्नाले रगतको कमी हटाउँने, डायबिटीजको उपचार, कब्जियत हट्ने टाउँको दुख्ने समस्या हट्ने आदि फाइदा रहेका छन् । 

आध्यात्मिक कारण
हामी जुन मूर्तिको पूजा गर्छौं त्यसको देवत्त्वमा वृद्धि एवं चैतन्यको स्तरमा हामीलाई फाइदा मिलोस् भन्ने उद्देश्यले पूजा गरिन्छ । त्यसैले देवतालाई उनको तत्त्व जति सक्छ धेरै आकर्षित गर्ने वस्तुहरु चढाउँनु उपयुक्त हुन्छ । दुबोमा गणेशतत्त्व आकर्षित गर्ने क्षमता सर्वाधिक हुन्छ, अतः श्री गणेशलाई दुबो चढाइन्छ ।

दुबो कस्तो  हुनुपर्छ ?
श्री गणपतिलाई चढाउने दुबो कोमल हुनुपर्छ । यसलाई  ‘बालतृणम्’ भनिन्छ । जीर्ण हुँदा एक प्रकारको घास जस्तै हुन्छ । दुबोको पातहरु ३, ५, ७ को बिजोर संख्याहरुमा होस् ।

दुबोको लम्बाई कति हुनुपर्छ ?
पूर्वकालमा श्री गणपतिको मूर्तिको ऊंचाई लगभग एक मीटर हुन्थ्यो, त्यसैले समिधाको लम्बाई जति दुबो अर्पण गरिन्थ्यो । यदि मूर्ति समिधा जत्तिकै अग्लो छ भने लघु (सानो) आकारको दुबो अर्पण गर्नुहोस् तर मूर्ति धेरै ठूलो छ भने समिधाको आकारको दुबो चढाउनुपर्छ । जसरी समिधालाई एकत्र बाँध्छ त्यही प्रकार दुबोलाई पनि बाँधिन्छ । यसरी बाँध्नाले त्यसको सुगन्ध अधिक समय टिकी रहन्छ । यसलाई अधिक समय चैतन्यमय (ताजा) राख्नको लागि जलमा भिजाएर चढाउनुपर्छ । यी दुई कारणले धेरै लामो समयसम्म गणेशको मूर्ति पवित्र रहिरहन्छ ।

 दुबोको संख्या कति हुनुपर्छ ?
बिजोर संख्या शक्तिसँग सम्बन्धित हुन्छ । दुबो अधिकतर बिजोर संख्याहरुमा (न्यूनतम ३ अथवा ५, ७, २१ आदि) अर्पण गर्नुपर्छ। बिजोर संख्याको कारण मूर्तिमा अधिक शक्ति आउँदछ । श्री गणपतिलाई विशेषतः २१ दुबो अर्पण गरिन्छ । संख्याशास्त्रानुसार २१ अंक २ ‌+ १ = ३, यस प्रकार हुन्छ । श्री गणपति ३ को संख्यासँग सम्बन्धित छ । ३ को अंक कर्ता, धर्ता एवं हर्ता पनि भएको नाताले त्यस शक्तिद्वारा ३६० तरङ्गहरुलाई नष्ट गर्न सम्भव हुन जान्छ । सम संख्यामा दुबो चढाउनाले धिकाधिक ३६० तरङ्गहरु आकर्षित हुन्छ र तदुपरांत १०८ तरङ्गहरु पनि आकर्षित हुन्छ । रावणले प्रतिदिन ३६० ‌+ १०८ ‍‌= ४६८ दुबो अर्पण गर्ने गर्दथे।

 मुख छोडेर, सम्पूर्ण गणेशलाई दुबोले ढाक्नु पर्छ । यसले मूर्तिको आसपास दुबोको सुगन्ध फैलिन थाल्दछ । श्री गणपतिलाई दुबोले ढाक्नाले यो सुगन्ध श्री गणपतिको आकारमा संचारित हुन्छ । त्यसैले श्री गणपतिको पवित्र आकार यस आकारतर्फ आउँन सरल हुन जान्छ । यो मूर्तिको समाकारिकत्व ग्रहण गर्नु हो  । यसलाई ‘मूर्ति जागृत भयो’ पनि भनिन्छ । मूर्तिको प्राणप्रतिष्ठा त्यसमा आएको पवित्र निक्लेर नजाओस् त्यसैमा रहि रहोस् भनेर गरिन्छ । जबसम्म सुगन्ध रहन्छ, पवित्र अधिक मात्रामा रहन्छ । पवित्र टिकि रहोस् भनेर यसको लागि दिनमा तीन पटक (पहिला चढाएको दुबोलाई हटाएर) चढाउनुपर्छ ।  यसको लागि दिनमा तीन पटक पूजा गर्नेगरिन्छ।

सन्दर्भ : सनातनको ग्रन्थ, ‘श्री गणपति’

ईमेल : hjsnepal@gmail.com
Website:  स्पिरिच्युअल साइन्स रिसर्च फाउण्डेशन (एसएसआरफ)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ