arrow

युरोकप २०१६ मा आक्रमण गर्ने योजना बनाएको आरोपमा एक फ्रान्सेली नागरिक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७३ जेठ २५ मंगलबार
5018.jpg.jpeg
मस्को । युक्रेनको गुप्तचर संस्थाले फ्रान्समा आयोजना भइरहेको युरोपियन च्याम्पियनसीप फुटबल प्रतियोगितामा आक्रमण प्रयास हुनसक्नेमा सम्बद्ध सबैलाई सचेत गराएको छ । 
 
युक्रेनले एक फ्रान्सेली नागरिकलाई ठूलो हतियारसहित युरोपेली मुलुकमा प्रवेश गर्न खोजिरहेको अवस्थामा सोमबार उनलाई पक्राउ गरेपछि आक्रमणको सम्भावनाबारे बताएको हो । 
 
युक्रेनी सुरक्षा सेवा (एएबीयू) ले पक्राउ परेका आरोपित व्यक्तिलाई सन् २०१५ को डिसेम्बरदेखि पिछा गर्दै उनका गतिविधिको अध्ययन गरेको बताएको छ । 
 
आरोपित व्यक्तिले युक्रेनमा हतियार खरिद गर्न चाहेको र सुरक्षाकर्मीले पिछा गर्दै उसलाई पाँच वटा मेसिनगन, दुई ग्रिनेड लन्चर, १२५ किलोग्राम टीएमटी र १०० भन्दा बढी विस्फोटक पदार्थ किन्न दिएको थियो । 
 
उक्त फ्रान्सेली नागरिकले २० वटा वालाकेभ्स (पुरै टाउको छोप्ने नकाब) समेत किनेको बताइएको छ । 
 
यसैबीच, फ्रान्सेली सुरक्षा अधिकारीले फुटबल च्याम्पियनसिपका क्रममा हुनसक्ने आक्रमण प्रयासलाई मध्यनजर गर्दै करिब ९० हजार सुरक्षाकर्मीलाई तैनाथ गरेको बताउँदै कतैबाट सुरक्षा खतरा नदेखिएको बताएको छ ।एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ