arrow

टाटा मोटर्सको 'टाटा एचफाइव वन डे वन्डर' मा भारी छुट, मंसिर २१ मा बृहत कार्यक्रम

logo
प्रकाशित २०७७ मंसिर १७ बुधबार
tata-h5.jpg

काठमाडौं। टाटा मोटर्स नेपालको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले 'टाटा एचफाइव' गाडीमा विभिन्न अफर सहितको 'एचफाइव वन डे वन्डर, इट्स नाउ अर नेभर' नामक एकदिने बृहत कार्यक्रमको आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम यहि मंसिर २१ गते (आइतबार) टाटा मोटर्स थापाथली शोरुममा हुने कम्पनीले जनाएको छ।

यस योजना अन्तर्गत उक्त दिन टाटाको 'एचफाइव' गाडी बुकिङ तथा प्रि-बुकिङ गर्ने ग्राहकहरुलाई टाटाको तर्फबाट भारी छुट सहित बोनस तथा आकर्षक उपहारहरु प्रदान गरिने कम्पनीले बताएको छ। त्यस दिन 'एचफाइव' बुकिङ गर्ने ग्राहकहरुले ३ लाख ५० हजारसम्मको नगद छुट्, प्रत्येक बुकिङमा आइ फोन ११, तथा एक लाग ५० हजारसम्मको एक्सचेञ्ज लोयल्टी बोनस र एक लाखसम्मको एक्सचेञ्ज बोनस प्राप्त गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

साथै, अग्रीम बुकिंग अन्तर्गत मंसिर १९ सम्म कम्पनीद्वारा उल्लेखित लिंकमा https://bit.ly/H5Offer गएर अनलाइन मार्फत प्रि-बुकिङ गर्ने ग्राहकहरुले अझै २५ हजार थप नगद छुट र २५ हजारसम्मको थप एक्सचेञ्ज लोयल्टी प्राप्त गर्न सकिने छ।

बृहत आकर्षक उपहार सहित टाटा 'एचफाइव' किन्न इच्छुक ग्राहकहरुलाई लक्षित गरिएको यस योजनामा सहभागी हुन  समेत कम्पनीले आग्र गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ