arrow

रिकन्डिसन गाडी किन्नेहरुको लागि सिप्रदीका अफरै अफर

logo
प्रकाशित २०७७ कार्तिक २८ शुक्रबार
sipradi-assured.jpg

काठमाडौं। चाडपर्वलाई ध्यानमा राखेर रिकन्डिसन गाडी किन्न खोज्नुहुने ग्राहकहरुका लागि सिप्रदी एस्योर्डले विशेष सुबिधाहरु उपलब्ध गराउने जनाएको छ।

झन्डै १० वर्ष देखि रिकन्डिसन गाडीहरु खरिद बिक्रि गर्दै आएको सिप्रदी एस्योर्डले टाटा मोटर्स लगायत अन्तर्राष्ट्रिय ब्राण्डका ठुलो देखि साना गाडीहरु किन्ने ग्राहकलाई किनबेच तथा एक्सचेन्ज सुविधा र सेवा दिदै आइरहेको जनाएको छ। सहि मुल्यांकन र सहि मूल्यमा गाडी किनबेच गर्ने र आवश्यक सल्लाह र परामर्श पनि दिने भएकोले अहिले सिप्रदी एस्योर्ड ग्राहकहरुको रोजाईमा पर्दै आइरहेको जनाइएको छ।

यहि चाडपर्वलाई लक्षित गर्दै गाडी किन्न खोज्नुहुने, मोटरसाइकलबाट गाडीमा अपग्रेड गर्न खोज्नुहुने ग्राहकहरुलाई ध्यानमा राखेर व्हील्समा डिल्स्स अफर दिइरहेको छ। यो अफर अन्तर्गत रिकन्डिसन गाडीहरु खरिद गर्न इच्छुक ग्राहकहरुलाई फायनान्स सुविधा,  फ्री आर्थिक वर्षको गाडीको कर , नामसारी र एक्सचेन्ज सुविधाहरुको व्यवस्था गर्दै सिप्रदीले जनाएको छ। यसका साथै गाडीको मूल्यहरुमा आकर्षक छुटको व्यवस्था समेत  गरिएको छ।

सिप्रदी एस्योर्डका सहमहा प्रबन्धक ध्रुव रेग्मीका अनुसार “सामाजिक दुरी कायम गर्न भए पनि अहिले ग्राहकहरुको रोजाईमा रिकन्डिसन गाडीहरुको आकर्षण बढिरहेको छ। त्यसैले ग्राहकहरुलाई रिकन्डिसन गाडीहरुको खरिदमा सहजता ल्याउन र यो चाडपर्वको समयलाई ध्यानमा राखेर हामीले ग्राहकहरुको लागि विभिन्न सुविधाहरु प्रदान गर्दै आइरहेका छौं।

साथै सिप्रदी एस्योर्डले ग्राहकहरुले गाडीमा लगानी गर्दा उच्च भ्यालु प्राप्त होस् भन्ने उद्देश्यमा निरन्तर काम गरिरहेको छ। सिप्रदी एस्योर्डबाट गाडी किनेर सन्तुष्ट हुनुभएका ग्राहकहरुले अरुलाई पनि रिफर गर्ने चलन बढ्दो क्रममा छ। यसले पनि हाम्रो ग्राहकहरुको विश्वास हामीप्रति बढ्दै गएको पुष्टि गर्दछ।”

रिकन्डिसन गाडी किन्न सोची रहनु भएको ग्राहकहरुले गाडीहरुको बारेमा बुझ्न र टेस्ट ड्राइभ गर्नको लागि थापाथलीस्थित सिप्रदी एस्योर्डको शोरूम जान सकिने जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ