arrow

अन्न दान नगरेपछि राजाले भोगे यस्तो पिडा

logo
विष्णु तिमिल्सिना,
प्रकाशित २०७७ कार्तिक २० बिहिबार
king4.jpg

गौरीघाट । श्री शिवपुरीबाबा आफूकहां आउने श्रद्धालुहरुले सोधेका अनेक प्रश्नको उत्तर छोटकरीमा दिनुहुन्थ्यो । ती उत्तरहरु छोटकरीनै भएपनि अति सारगर्भित एवं स्पष्ट हुन्थ्यो । उहांको शिक्षा, स्वधर्म, मा दानलाई पनि उत्तिकै महत्व दिइएको छ ।

“मानिसले आफूले कमाएको चोखो कमाईबाट दश प्रतिशत विवेक पुर्‍याएर दानमा अर्पण गर्नुपर्छ । हामीले आफ्नो कमाइबाट दान दिएनौं भने समाजमा दुःखी दरिद्रहरुको विचल्ली हुन्छ तर दिएको दानको सदुपयोग भएन र त्यसबाट समाजमा विकृति, हिंसा जस्ता कार्यहुन गयो भने त्यसको प्रतिफल दान दिनेले नै भोग्नुपर्छ,”उहां आज्ञा हुन्थ्यो ।

“भयंकर शत्रु नै भएपनि उ योग्य पात्र छ भने उसलाई दिनुपर्छ,  मित्र भएपनि योग्य छैन भने उसलाई दिनु उचित हुंदैन तर सबैभन्दा राम्रो दान हो खाना खुवाउनु” श्रीबाबा आज्ञा हुन्थ्यो । हुन पनि हो, मानिसलाई भौतिक सम्पत्ति जति दिएपनि ऊ शायद कुनै पनि विन्दुमा सन्तोष लिन सक्तैन तर उसलाई खाना खान दिइयो भने कुनै विन्दुमा पुगेर ऊ अवश्य नै “मलाई पुग्यो” भनेर सन्तोष लिन सक्तछ । 

अन्नदान, जलदानको महत्व कस्तो हुने रहेछ भन्ने कुरा दर्शाउन आज महर्षि वशिष्ठ र राजा श्वेतको छोटो चर्चा गर्न लागिएकोछ ।

एकपटक श्वेत नाम गरेका राजाले दान दिन भनेर हराभरा जंगल भएको उपवन लगायत हीरा, जुहारत, सुन चांदीका बस्तुहरु दान दिने बिचार गरेर आफ्नो गुरु वशिष्ठसंग परामर्श गरे । वशिष्ठले पनि उनको प्रस्ताव समर्थन गरे तर अन्नदान, जलदान पनि गर्नु भनेर अर्‍हाए । राजाले उनले भने अनुसार अन्न, जल नदिईकन घोडा, हात्ति, रत्नआदि दान गरे । 

त्यसको केही समयपछि उनले वशिष्ठलाई नै हजार अश्वमेध यज्ञ गर्छु भनेर सल्लाह गरे । वशिष्ठले पनि उनको प्रस्तावलाई समर्थनगरे तर अन्न र जल पनि दान दिनु भनेर अर्‍हाए । यसपटक पनि राजाले वशिष्ठले भने अनुसार नगरि अन्न र जल बाहेक सबैकुरा दान गरे । 

संसारमा जन्म लिएर आएपछि एकदिन मर्नु त सबैलाई पर्छ नै । कालान्तरमा राजाको स्वर्गवास भयो । उनले स्वर्गमा आफूले दिएका दान अनुसारको सारा सुख सुविधा पाए तर भोक र तीर्खाले उनलाई सताइ हाल्यो, किनभने उनले ती दुईकुरा दान गरेका थिएनन् । भोकले सताएको हुनाले उनले आफ्नो शरीरको हड्डी चाटेर आफ्नो भोक मेटाउन थाले ।

उनले हड्डी चाटेको देखेर वशिष्ठले उनलाई भोक तीर्खाले सताएको कारण अन्न, जल दान नदिएकोले सताएको हो भने । जे कुरा दान दिइन्न, त्यो कुराको फल भोग गर्न पाइन्न, तिमीले अन्न जलदानलाई तुच्छ सम्झेर वास्ता गरेनौ त्यसैले यस्तो स्थितिमा तिमी पर्नु परेको हो भनेर बताए । (संकलित)

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् ।) इमेल :aamodita@gmail.com



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ