arrow

फालिएको अवस्थामा भेटियो असईको शव, तस्करले मारेको आशंका

logo
प्रकाशित २०७७ कार्तिक २ आइतबार
nepal-police.jpeg

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका १२ जुगेडास्थित अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।  गए राति गस्तीमा हिँडेका विक सम्पर्कविहीन भएकामा आइतबार बिहान नजीकैको मोहना नदीमा शव फेला परेको छ  ।  
     
प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरेर शव नदीमा फालिएको अवस्थामा फेला परेको र अनुसन्धान शुरु गरिएको जानकारी दिए ।

विकसँगै गस्तीमा हिँडेका सोही कार्यालयका प्रहरी हवल्दार रामबहादुर साउद पनि सम्पर्कविहीन छन् । गए राति प्रहरी सहायक निरीक्षक विक र हवल्दार साउदसँगै गस्ती गर्न गएकामा राति अबेरसम्म पनि सम्पर्क हुन नसकेपछि खोजतलास गरिएको थियो । सम्पर्कमा नरहेका हवल्दारको खोजी भइरहेको छ । 

नदी पारि भारतीय क्षेत्रबाट अवैध रुपमा मालसामान भित्रिने गरेको छ । अवैध रुपमा  सामान भित्र्याउने तस्करको समूहले प्रसनि विकको हत्या गरेको हुन सक्ने बताइएको छ ।  गस्तीमा जाँदा प्रयोग गरिएको मोटरसाइकल शव भेटिएको स्थानदेखि करीब दुई किलोमिटर पश्चिमतर्फ फेला परेको छ । 

मृतक विक को घरठेगाना कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिकाका रहेको जनाइएको छ ।  प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीको नेतृत्वको टोली आइतबार बिहान घटनास्थल पुगेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ