arrow

पब्लिक क्याम्पस प्राध्यापक सङ्घमा पाण्डे

logo
प्रकाशित २०७३ जेठ १६ आइतबार
educ-com.jpg.jpeg
काठमाडौँ । पब्लिक क्याम्पस प्राध्यापक सङ्घ नेपालको तेस्रो राष्ट्रिय अधिवेशनले गोपालप्रसाद पाण्डेलाई अध्यक्षमा पनुः चयन गरेको छ ।  यही जेठ १४ र १५ गते काठमाडौँमा भएको अधिवेशनले सर्वसम्मत रुपमा २१ सदस्यीय कार्यसमिति गठन गरेको प्रजातन्त्रवादी प्राध्यापक सङ्घका कोषाध्यक्ष डा विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
 
नयाँ कार्यसमितिका उपाध्यक्षमा दुर्गादत्त शर्मा, महासचिवमा नरेन्द्र कोइराला, सचिवमा वसन्तराज लामिछाने र कोषाध्यक्षमा भवानी अधिकारी रहनुभएको छ । त्यस्तै सदस्यमा बालानाथ सिग्देल, युवराज राउत, धर्मदेव भट्ट, कृष्ण हमाल, सन्तोष यादव, सन्तोष पण्डित, देवराज भण्डारी लगायत चयन हुनुभएको छ । 
 
देशभरका सामुदायिक क्याम्पसमा अध्यापनरत प्राध्यापकबाट छनोट भएका ५७४ प्राध्यापक प्रतिनिधिका रुपमा अधिवेशनमा सहभागी भएका थिए । सङ्घमा देशभरिका झन्डै छ हजार प्राध्यापक आबद्ध छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ