arrow

सुदुरपश्चिमको हेलिकोप्टर यात्रामा दुई मन्त्रीको गुटवन्दी 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज २३ शुक्रबार
yogesh-lekhraj.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट सरकारमा रहेका उद्योग, वाणिज्य र आपूर्ति मन्त्री लेखराज भट्ट र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको सुदुरपश्चिम प्रदेशको हेलिकप्टर यात्रामा गुटबन्दीपूर्ण छाताछुल्ल देखिएको छ । दुवै मन्त्रीले सुदुरपश्चिमको यात्रा गर्दा फरक फरक गुटका नेताहरुलाई लिएर गएका थिए । मन्त्री भट्ट पूर्व माओवादी समूहका नेताहरु र मन्त्री भट्टराई ओली गुटका नेताहरुलाई च्यापेर सुदुरपश्चिम पुगेका हुन् । 

यही असोज १७ गते एउटा निजी कम्पनीको हेलिकप्टर भाडामा लिएर खनिज र जडिबुटीको अध्ययन गर्ने भन्दै मन्त्री भट्ट बाजुरा र वैतडी पुगेका थिए । वैतडीको दोगडा केदार गाउँपालिकामा खनिजको सम्भावनाबारे अध्ययन गर्ने भनिएपनि त्यहाँ जानुभन्दा अघि उनी बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकाको किमनी भन्ने एकान्त स्थानमा हेलिकप्टर अवतरण गरी बाजुराका पार्टी सचिव भरत बुढा र सहदेव वोगटीसँग भेटघाट गरेका थिए ।  

पूर्व माओवादी पार्टीको पृष्ठभूमि रहेका भरत बुढा र सहदेव वोगटी जडिबुटीका व्यापारी हुन् । केदार गाउँपालिकमा मन्त्री भट्टले यी दुइजनालाई मात्रै किन भेट भन्ने प्रश्न उठेको छ । त्यहाँ दुईजना वाहेक जिल्ला प्रशासन, प्रहरी र सम्बन्धित कार्यालयका कुनैपनि व्यक्ति मन्त्रीले हेलिकप्टर अवतरण गरेको ठाउँमा उपस्थित थिएनन् । जडिबुटी व्यापारमा संलग्न दुईजना व्यक्तिहरुसंग मात्र जिल्लाको विकट र एकान्त स्थानमा हेलिकप्टर अवतरण गराएको कुरा रहस्यमयी बनेसँगै प्रसासनीक तथा कार्यकर्ताहरुमाझ चर्चामा रहेको छ। जडिबुटीबारे सरकारीस्तरमा कुनै अध्ययन अवलोकन गर्न गएको भए स्थानीय प्रशासन र सम्बन्धित कार्यालका कर्मचारीहरुलाई त्यहाँ किन उपस्थित गराइएन भन्ने प्रश्न जिल्लाकै नेकपा नेताहरुले समेत उठाएका छन् । 

वैतडी जिल्लाको दोगडा केदार गाउँपालिकाको वसौरा भन्ने स्थानमा भने स्थानीय पालिकाका अध्यक्ष लगायतका मानिसहरुसंग करिव १५ मिनेट कुरा गरी हेलिकप्टरबाट मन्त्री भट्ट फर्केका थिए । त्यहाँबाट मन्त्रीले कैलालीको गोदावरी रिसोर्टमा हेलिकप्टर अवतरण गराई साँझ गुटका मानिसहरु बोलाई भेटघाट गरेका थिए । गत आम निर्वाचनमा नेकपाका उम्मेदवारलाई हराउन लागेका दीपक साउद र जडिबुढी व्यापारमा संलग्न सहदेव वोगटीपनि सोही रिसोर्टमा बसेका थिए । सो हेलिकोप्टरको भाडा भने एक व्यापारीले व्यहोरेको स्रोतको दावी छ । उनले त्यहाँ आफ्ना गुटमा नेताहरुसँग भेटघाट गरेको स्रोतको दावी छ । 

अर्का पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्यसै दिन अर्थात असोज १७ गते नै डोटी, बझाङ र वैतडी जिल्लाका विमानस्थलमा हवाईसेवा आरम्भ गर्न परीक्षण उडानको बहानामा सुदुरपश्चिम पुगेका थिए । मन्त्री योगेश भट्टराईले एउटा निजी हवाईसेवाको जहाजमा वालुवाटारको निकट हौं भन्दै फाउण्डेशन र अन्य गतिविधि मार्फत चर्को गुटवन्दी गर्दै आएका प्रेम आले, दामोदर भण्डारी र अखिलका संयोजक ऐन महरलाई बोकेर तीन जिल्लाको भ्रमण गराएका थिए । प्रेम आले र ऐन महरलाई मन्त्री योगेशले उनीहरु असम्बन्धित जिल्लामा जहाजमा राखेर घुमाउनु गुटवन्दी भएको नेकपाका कार्यकर्ताले जनाएका छन् ।

स्थायी कमिटीका सदस्य समेत रहेका मन्त्री योगेश भट्टराईले डोटी जिल्लामा प्रेम आलेलाई साथमा लिनुको अर्थ त्यसक्षेत्रमा आफ्नो समर्थक बढाउनु र वालुवाटारलाई रिझाउनु रहेको स्रोतको दावी छ । मन्त्री भट्टराईले अन्य नेता कार्यकर्ताको माझमा आलेको प्रशंसा समेत गर्न भ्याएका थिए । जसका कारण सुदुरपश्चिममा भट्टराईले आफ्ना समर्थकहरु बढाउन खोजेको रुपमा लिइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ