arrow

शैक्षिक क्षेत्र खोल्न र औषधि ल्याउन दिने मोर्चाको घोषणा

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1804317139.jpeg
काठमाडौं । झण्डै दुई महिना बढी समयदेखि तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विद्यालय खोल्न र विराटनगर नाकाबाट औषधि ल्याउन दिने भएको छ ।

सिंहदवारमा बसेको मोर्चाको बसेको बैठकले बिहानको समयमा मात्र विद्यालय तथा क्याम्पस सञ्चालन गर्न दिने निर्णय गरेको हो । भारतको अघोषित नाकाबन्दीका कारण औषधिहरुको अभाव देखिएपछि उसले औषधि, अक्सिजन र स्वास्य सम्वन्धी उपकरणहरु बिराटनगर सीमाबाट ल्याउन दिने भएको छ । 

‘‘बिरामीहरुको स्वाथ्य उपचारलाई गम्भीरतापूर्वक लिई मानवताको नाताले औषधि, अक्सिजन र स्वास्थ्यसम्वन्धि उपकरणहरुलाई दिनको समयमा मात्र विराटनगर सीमा नाकाबाट ल्याउन दिने र सो कार्यलाई सहयोग गर्ने निर्णय गरियो ।’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

साथै बैठकले आफुले उठाएको मागलाई प्रमुख तीन दलले गम्भीरतापूर्वक नलिएको भन्दै सीमामा जारी अवरोध कायमै राख्ने निर्णय गरेको छ ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ