arrow

सूक्ष्म ज्ञान र फोटोग्राफीबाट सन्तको हस्तलेखनमा जे देखियो 

पीआइपी एवं विकसित छैठौं इन्द्रियद्वारा सन्तको हस्तलेखनको सकारात्मकताको अध्ययन

logo
अध्यात्म विज्ञान,
प्रकाशित २०७७ असोज १६ शुक्रबार
santa-hasta.png

काठमाडौं ।  वस्तु एवं व्यक्तिको आभाको परिवर्तन अध्ययन गर्न सक्ने एक यन्त्र हो पोलिकन्ट्रास्ट इन्टरफिरेन्स फोटोग्राफी ( पीआईपी) जसमा किर्लियन फोटोग्राफीको जस्तै प्रविधी प्रयोग गरिएको छ । स्पिरिच्युअल साइन्स रिसर्च फाउण्डेशन (एसएसआरफ) ले अध्यात्म शास्त्रको विभिन्न पक्षहरुको अध्ययन गर्नको लागि पीआइपी प्रणालीको उपयोग गरेको छ । द सेन्टर अफ बायोफिल्ड साइन्सका डा. थोरनटन स्ट्रीटर र डा. अनिरुद्ध गान्धीको सहायताबाट पीआईपी यन्त्र उपयोग गरेर एक अध्ययन गरिएको छ ।

अध्ययनमा विभिन्न आध्यात्मिक स्तर भएका व्यक्तिमा हस्तलेखनको चारैतर्फ विदयमान ऊर्जाक्षेत्रको जांच गरिएको छ  । आध्यात्मिक स्तरको आधारमा एक व्यक्तिको हस्तलेखनबाट प्रक्षेपित सकारात्मकता तथा नकारात्मकताको तुलना माथि ध्यान दिइएको छ । व्यक्तिको हस्तलेखन उसको आध्यात्मिक सकारात्मकता तथा नकारात्मकताको प्रतिबिम्ब मानिन्छ।

यो एसएसआरफ आध्यात्मिक अनुसन्धान केन्द्रमा नियमित साधना गर्ने औसत साधकको हस्तलेखन विदयमान ऊर्जाक्षेत्रको एउटा उदाहरण हो । यसलाई एउटा सानो खाममा राखेर फेरि त्यो हस्तलेखनलाई एउटा ठुलो सेतो खाममा राखिएको छ ।

रंग तथा त्यसको व्याख्याको आधारमा सुन्तला, रातो र बैजनी रंग नकारात्मकता दर्शाउँछ भने पहेंलो र हरियो रंगले सकारात्मकतालाई दर्शाउँछ ।  पीआईपी चित्रमा खामको नजिकको क्षेत्रमा हरियो रंग फैलिरहेको छ । टेबलमा अधिक मात्रामा हरियो रंग, टेबलको चारैतर्फ रातो र गुलाबी रंग अनि खाममा पहेंलो र रातो रंग देख्न सकिन्छ ।

प्रायः हस्तलेखन हेर्दा राम्रो देखिए हामीलाई राम्रो लाग्दछ । हाम्रो लागि राम्रो देखिनुको अर्थ हो, प्रत्येक अक्षर योग्य पद्धतिबाट लेख्नु । यहाँ, हाम्रो आँखाले अक्षरको सुन्दरता हेर्छ र हाम्रो मनलाई त्यो राम्रो लाग्दछ; तर साधना गर्नाले हामीलाई त्यो सँग सम्बन्धित सूक्ष्म स्पन्दनको पनि बोध हुन थाल्छ । त्यस्तो व्यक्तिलाई सन्तको हस्तलेखन हेर्नमा जतिनै नराम्रो किन नहोस्, त्यो राम्रो नै लाग्छ । सन्तको हस्तलेखनबाट चैतन्यको अनुभव हुन्छ ।

डा.आठवले अध्यात्म विश्वविद्यालय र एसएसआरफ दुवैको परम पूजनीय तथा प्रेरणास्रोत हुन् । पीआईपी पद्धतिबाट डा. आठवलेको हस्तलेखनको परीक्षण गरिएको छ ।

बायाँतर्फ राखिएको हस्तलेखनको चित्र एउटा औसत आध्यात्मिक स्तरको साधकको हो र दायाँतर्फ डा. आठवलेको हो । दुई चित्रहरुको तुलनामा  डा. आठवलेको हस्तलेखनको पीआईपी चित्रले टेबुलमा भएको वस्तुको वरपरको क्षेत्रमा हरियो रंगको माध्यमले बढी सकारात्मकता दर्शाउँदछ । तुलनात्मक रुपमा अब औसत साधकको चित्रमा कम हरियो छ । साथै, डा. आठवलेको हस्तलेखनको चित्रमा नकारात्मकता दर्शाउँने रातो तथा बैजनी रंग औसत साधकको चित्रको तुलनामा अत्यल्प मात्रामा छ । दुवै चित्रहरुमा सकारात्मकता दर्शाउँने पहेंलो रंग देख्न सकिन्छ । सुन्तला रंग जुन नकारात्मक हुन्छ, त्यो डा. आठवलेको चित्रमा छैन तर औसत साधकको चित्रमा देखिएको छ ।

पीआईपी जस्तो मेसिनहरूबाट प्राप्त सोधहरु छैठौं इन्द्रियद्वारा प्राप्त निरीक्षणको विकल्प भने  हुन सक्दैन । यन्त्रले आध्यात्मिक आयामको सबै भन्दा मूर्त अथवा ठोस भागलाई मात्र मापन गर्न सक्दछ । यो प्रयोगद्वारा प्राप्त दृश्यात्मक चित्र तथा निष्कर्ष ज्ञानको केवल सतही प्रस्तुतीकरण हो, जुन वास्तविक आध्यात्मिक अनुभूतिबाट प्राप्त गर्न सकिन्छ । 

व्यक्तिको चारैतर्फ आभामण्डल (औरा) वास्तविक हुन्छ र केहि मात्रामा यसलाई देखाउन पनि सकिन्छ । विज्ञान मानवीय ऊर्जा क्षेत्र अथवा औरालाई बुझ्ने कोशिस गर्दैछ । सन्तको औरा कुनै मानव-निर्मित यन्त्रले देखाएको जस्तो हुँदैन भन्ने यो प्रयोग तथा दृश्यात्मक भागले देखाउँदछ । 

आधुनिक विज्ञानमा हामी पञ्चज्ञानेन्द्र, मन तथा बुद्धिको माध्यमले शब्द, स्पर्श, रूप, रस, गंध तथा भावना एवं विचारको रूपमा निरीक्षण तथा अवलोकन गर्छौं तथा निष्कर्ष निकाल्छौं । तर आध्यात्मिक अनुसन्धानमा, सूक्ष्म ध्वनि, सूक्ष्म स्पर्श, सूक्ष्म गन्ध, प्रकाश तथा स्पन्दनको सूक्ष्म दृश्य तथा विश्वव्यापी मन तथा बुद्धिसॅंग सम्पर्क गर्ने क्षमताद्वारा निरीक्षण, अवलोकन तथा निष्कर्ष निकाल्छौं ।

केहि साधक आध्यात्मिक आयाम अथवा आध्यात्मिक संसार त्यही समान देखन सक्छन् जसरी हामी स्थूल जगतलाई देख्न सक्छौं । आध्यात्मिक संसारमा जे देखिन्छ त्यो कुरालाई चित्रित गरेर त्यसलाई सूक्ष्म-ज्ञान मा आधारित चित्र बनाउछन् । सूक्ष्म-ज्ञान माथि आधारित रेखाचित्रहरु केवल वस्तु अथवा घटनासँग सम्बन्धित सूक्ष्म स्तरमा देखिएको पक्षहरूको चित्रमय प्रस्तुतीकरण गरिएको छ ।

यो चित्र सूक्ष्म-ज्ञानमा आधारित डा. आठवलेको हस्तलेखनको हो । चैतन्य वा दिव्य चेतनाको अत्यन्त सूक्ष्म कम्पनहरु देख्न सकिन्छ ।

१ वाक्यबाट चैतन्य वा दिव्य चेतना पहेंलो रंगमा प्रवाहित भैरहेको देखिन्छ ।
२. वाक्यको शब्दहरुमा आध्यात्मिक शक्ति पनि प्रक्षेपित भैरहेको देखिन्छ ।
३. चैतन्यको प्रभामण्डल हस्तलेखको चारैतर्फ निर्मित भएको छ र संचारण पनि भई रहेको छ । कागजको चारै कुनाबाट चैतन्य संचारित भैरहेको छ, तथा
४. शब्दबाट चैतन्यको तरंगहरु माथितर्फको दिशामा संचारित भैरहेको छ र आनन्दको गुलाबी कण वातावरणमा संचारित भैरहेको छ ।
तपाई देख्न सक्नु हुन्छ कि यन्त्रद्वारा तथा छैठौं इन्द्रियद्वारा ज्ञात हुने निरिक्षणमा कति धेरै अन्तर छ ।
यस प्रकार, हामीले मानवीय नङ्ग, केश तथा विभिन्न श्रेणी साधकहरुको छायाचित्रहरुको ऊर्जाक्षेत्रको तुलनात्मक अध्ययन गरिएको छ।

सारांश तथा मुख्य निष्कर्ष
यो प्रयोगबाट  एउटा सन्त तथा साधना गर्ने एउटा सामान्य साधक एवं कोहि पनि साधना नगर्न व्यक्तिमा अत्यधिक अन्तर हुन्छ भन्ने सिद्ध हुन्छ ।  धेरै व्यक्तिहरु सन्तको अस्तित्व माथि विश्वास राख्दैनन् । पीआईपी चित्रको सकारात्मकतालाई बुझेपछि हामीलाई आशा छ कि यसले व्यक्तिहरुमा अझ जान्ने र सिक्ने कौतूहल जगाउनेछ र अन्तत: स्वयं पनि सन्तपद आध्यात्मिक स्तर प्राप्त गर्ने छन् । साधनामा आवश्यक हुन्छ किनभने यसको माध्यद्वारा व्यक्ति सन्तपदको आध्यात्मिक स्तरसम्म पुग्न सक्छ र वातावरणलाई सकारात्मक रूपमा प्रभावित गर्न सक्छ ।

अधिक जाकारीको लागि : स्पिरिच्युअल साइन्स रिसर्च फाउण्डेशन (एसएसआरफ)
Email: hjsnepal@gmail.com



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ