arrow

बिहान साढे १० देखि १२ बजेसम्म राहुकाल, यस्तो हुनेछ शुक्रबारको दिन

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ असोज १६ शुक्रबार
rashifal-horoscope.jpg

आजको पञ्चांग 
आज मिति २०७७ आश्विन १६ गते शुक्रबार, इस्वीसंवत अक्टुबर २ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार अधिक आश्विनकृष्ण पक्ष चलिरहेको छ । 

सौरमान अनुसार आज अधिक आश्विनकृष्णको प्रतिपदा तिथि रहनेछ । आज उत्तरभाद्रपदा नक्षत्र, विष्कुम्भादि योगमा धु्रव, करणमा बालब आनन्दादि योगमा ध्वज रहनेछ । सूर्य कन्या राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । आज दिनमान २९ घटि ३४ पलाको रहनेछ । 

आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ५७ मिनेटमा विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर ४७ मिनेटमा हुनेछ । 

मलमास चलिरहेकाले धार्मिक कर्म, नयाँ र महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला । यदि तपाइँ नवविवाहित महिला हो भने यो मलमास बार्नै पर्दछ । साथै हालसम्म एक पटक पनि मलमास नबारेमा महिलाले पनि आफ्नो कर्मघर छोड्नै पर्छ भन्ने मान्यता छ । 

यो मलमासमा श्रीमान श्रीमती संगै बस्न नहुने र संगै बसेर कुनै जाय जन्म अर्थात सन्तान जन्मिएमा उक्त सन्तान रोगी हुने र आयु पनि छोटो हुने समुद्रशास्त्रमा उल्लेख छ । 

आजको राशिफल
मेषः
आज आफन्त इष्टमित्र, दाजुभाईमा कसैबाट वैमनश्यता, शत्रूता पारिदिने सम्भावना बलियो छ । मन चञ्चल, गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, नया“ पेशाको थालनीका लागि पनि आज राम्रो छैन । चोटपटक लाग्ने सम्भावना पनि छ । जुनसुकै काम गर्दा सतर्क रहनु आवश्यक छ ।
 
मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार गणेश भगवानको पूजा र सूर्य देवको आराधना गरी लक्ष्मीनारायणलाई गुलियो खिर अर्पण गरेमा राम्रो हुनेछ भने कामहरू समयमा नै सम्पन्न हुनेछन् । 

वृषः समय शुभ रहनेछ, आम्दानीका नया“ स्रोत थपिंदै जानेछन् । नया“–नया“ कार्ययोजना बनाउ“दा लाभ पाइने छ । फलफूल सम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । पद र पैसाभन्दा प्रतिष्ठासंग गा“सिएका काममा लगानी हुन सक्नेछ । सही सदुपयोग गर्न सके उच्चतम् लाभ हासिल गर्न सकिनेछ, समयको उपयोग गर्नुहोला ।

वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले प्रत्येक सोमवार दान–पुण्य गर्नाले मानसिक शान्ति मिल्नेछ । साथै हरेक दिन गाईलाई रोटी र परेवालाई चारो दिर्नुहोस् र प्रत्येक बिहान भगवान शिवको दर्शन गरी शुक्रवार शिवलिंगमा साबुदाना अर्पण गर्दा निकै राम्रो हुनेछ । 

मिथुनः समय मध्यम खालको छ । स्वास्थ्य राम्रो रहने छैन । जति राम्रो काम गर्नुहोस्, आफैंलाई सन्तुष्टि नमिल्ने देखिन्छ । आज टाढाको यात्रा गर्नु पनि उचित छैन । जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ । सानो कुरामा चित्त दुख्ने बानीले सामाजिक जनजीवनमा अफ्ठ्यारो पनि पार्न सक्ने छ । समय केही शुभ भएता पनि पश्चिम दिशाको यात्रा नगर्नुहोला ।
 

मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । मिथुन राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन र पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ भने प्रत्येक दिन बिहानै देवी लक्ष्मी वा दुर्गाको दर्शन गरी गणेशलाई रातो फूल अर्पण गर्दा तपाइँको मनोकांक्षा पूर्ण हुनेछ । 

कर्कटः समय खराब रहनेछ । आफन्त व्यक्तिस“गै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यले साथ नदिन पनि सक्छ । आकस्मिक रोगले दुःख दिने हुनाले खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला । आज नया“ काम शुरु गर्न र टाढाको यात्रा गर्नु उचित छैन ।   

कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले सोमवार शिवालयमा विशेष पूजा गरेर  सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ । यस्तै हरेक बिहान भगवान कृष्णको दर्शन गरी तुलसी, मिश्री र मख्खनको भोग लगाएमा राम्रो हुनेछ । 

सिंहः समय शुभ छैन । मानसिक चिन्ता बढ्नेछ । तिरस्कार, हिनतावोध, आफ्ना आश्रित कर्मचारी, छोरा–छोरीबाट धोका खानु पर्नेछ । नाता पर्ने व्यक्तिबाट असहयोगको सामना गर्नुपर्नेछ । आम्दानीभन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित हुनेछ । अनावश्यक रुपमा शत्रु बढ्ने हुनाले कसैसंग वादविवादमा लाग्नु पनि ठीक हुनेछैन ।
सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, शनिबार विष्णुको पूजा गरेर पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । हरेक दिन बिहान सूर्यनारायणको दर्शन गरी रातो गुलाफ हनुमानजीको चरणमा अर्पण गर्दा तपाइँको स्वास्थ्य राम्रो हुनेछ । 
कन्याः समय राम्रो छ । उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमको राम्रो लाभ पाइने छ । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ । जमिनसम्बन्धी जुनसुकै पेशा अथवा नगदेवालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ । पुराना इष्टमित्र एक्कासी भेट होलान् । आज तपाईं जे चाहनु हुन्छ त्यो काम बन्ने छ । समग्रमा समय शुभ छ, राम्रो समयको भरपूर उपयोग गर्नुहोला । 

कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएका व्यक्तिहरूले हरियो कपडा लगाउने र गणेश भगवानको पूजा गर्नु लाभदायक हुन्छ । साथै हरेक दिन बिहान भगवान गणेशको दर्शन गरी देवी दुर्गालाई सेतो चामल अर्पण गर्नुहोस् ।

तुलाः आज स्वास्थ्य राम्रो रहनेछ । आम्दानी बढ्ने, व्यापार–व्यवसायमा लाभ, प्रेमप्रसंग सुमधुर तथा पति–पत्नीको रमाइलो यात्रा हुनेछ । घरमा पारिवारिक सहयोग मिल्नेछ भने भएकाले महत्वपूर्ण कार्य तथा यात्रामा पनि सफल भइनेछ । समय शुभ समय रहेकाले धार्मिक कार्यमा लगानी हुन सक्नेछ । टाढाको यात्रा पनि फलदायी रहनेछ । 
तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामी राशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको दर्शन, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । यस्तै मंगलवार गणेशजी र शुक्रवार लक्ष्मी देवीको पूजा गर्नाले लाभ मिल्नेछ । यस्तै भगवान लक्ष्मीनारायणलाई कमलको फूल अर्पण गरी हनुमानलाई लड्ड् चढाउनु भएमा तपाइँले आँटे ताकेका कामहरु पूर्ण हुनेछ । 

वृश्चिकः स्वास्थ्य एक्कासी बिग्रने अवस्था आइपर्नेछ । चिसोले दुःख दिन सक्नेछ । मानसिक अशान्ति, कार्यमा बिघ्नबाधा, खानामा गडबडी हुन सक्नेछ । यात्रामा संकट पर्न सक्ने भएकाले आज पश्चिम दिशाको पात्रा नगर्नुहोला । आ“खा वा शरीरको कुनैै पनि भागमा दुख्ने वा चोट लाग्ने बलियो सम्भावना छ । यात्राका क्रममा विशेष सतर्क हुनुहोला र कसैले दिएको खानेकुरा पनि नखानुहोला । 
 
वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ । यस्तै भगवान विष्णु मन्दिरमा तुलसी रोप्नुहोस् र व्यापारी महानुभावहरुले यात्रा पूर्व श्रीराम स्तुति पाठ गर्दा राम्रो हुनेछ । 

धनुः समय अत्यन्तै खराब छ । आ“फूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । मानशिक असन्तुष्टिको अनुभव हुनेछ । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्नेछ । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला आज दिउसो ३ बजेपछि केही शुभ हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ ।

धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । यो राशि भएका व्यक्तिले पहेंलो रंगको कपडा लगाउँदा सफलता समल्नेछ । आफ्ना गुरुलाई सम्मान र गुरुमन्त्रको जप गर्ने बानी बसाल्दा राम्रो हुनेछ । यस्तै हरेक दिन हनुमानजीको दर्शन गरी पिपलमा जल र मिठाई अर्पण गरेर केशरीको टिका लगाउँदा तपाइँको परिवारमा शान्ति छाउनेछ ।

मकरः आज स्वास्थ्य राम्रो रहनेछ । स्वास्थ्यले साथ राम्रै दिनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जा“गर बढ्नेछ, जागीर खाने ईच्छा भएमा प्रयास गर्नुहोस् सफलता मिल्ने छ । तपाईंले आ“टेका सबै काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ राम्रो पाउनु हुनेछ । समय विशेष शुभ रहेकाले धार्मिक कार्यमा लगानी गरेमा लाभ तथा पुण्य मिल्नेछ । 

मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा राम्रो हुनेछ । यस्तै हरेक बिहान देवी गायत्रीको दर्शन गरी महत्वपूर्ण काममा जानुपूर्व सेतो फूल साथमै लादा राम्रो हुनेछ । 

कुम्भः आज जुनसुकै काममा विघ्नबाधा ज्यादा आइलाग्ने छन् । आर्थिक कारोबार पनि भद्रगोल हुनसक्नेछ । व्यर्थ मानसिक तनाव, यात्रामा विघ्नबाधा, स्वास्थ्य त्यति राम्रो न रहने, आफन्तसंग कलह हुनसक्ने समय पनि चल्दै छ । सबै प्रकारले सतर्क रहनु अति आवश्यक छ भने भोलिदेखि टाढाबाट धन प्राप्ति, धार्मिक कार्यमा मन जान सक्नेछ ।

कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवको पूजा गर्ने, भोका व्यक्तिलाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ । यस्तै केराको बोटमुनी दियो बाली महत्वपूर्ण काम पूर्व हनुमानलाई मीठा पान अर्पण गर्दा तपाइँले गर्न खोजेका कामहरु पूर्ण हुनेछ । 

मीनः आज पनि समय शुभ छ । आम्दानीका नया“–नया“ श्रोत देखा पर्दै जानेछन् । आज जे काम गर्नुहुन्छ सुखैका साथ सम्पन्न हुनेछन् । परिवारका सदस्य, निकटतम् कर्मचारी, सबै ईष्टमित्रले तपाईंलाई सहयोग गर्नेछन् । त्यसैले जे काम गर्नु छ तुरुन्तै थालनी गर्दा अत्यन्तै राम्रो हुनेछ । समय उपयुक्त छन् उपयोग गर्नुहोला ।
 
मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपिडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । यस्तै विष्णुलाई केसरीको टिका अर्पण गरेर र आफू पनि लगाउनुहोस् र लक्ष्मीलाई गुलियो प्रसाद अर्पण गर्नुहोस् यसले तपाइँको मनोकामना पूर्ण हुनेछ ।

साइतः आज चन्द्रमा मीन राशिमा छन् त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज शुक्रबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 
 
आजको शुभ लाभादि बेला 

बिहान ५ः५७ बजेदेखि         ७ः२७ बजेसम्म        चर बेला
बिहान ७ः२७ बजेदेखि         ८ः५७ बजेसम्म        लाभ बेला
बिहान ८ः५७ बजेदेखि         १०ः२७ बजेसम्म        अमृत बेला
बिहान १०ः२७ बजेदेखि        ११ः५७ बजेसम्म        काल बेला
बिहान ११ः५७ बजेदेखि        १ः२७ बजेसम्म        शुभ बेला
दिनमा १ः२७ बजेदेखि         २ः५७ बजेसम्म        रोग बेला
दिउँसो २ः५७ बजेदेखि          ४ः२७ बजेसम्म        उद्धेग बेला
दिउँसो ४ः२७ बजेदेखि          ५ः५७ बजेसम्म        चर बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः बिहानमा १०ः३० देखि १२ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ