डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग
प्रकाशित २०७७ असोज ९ शुक्रबार
594
Shares
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अनसनरत डाक्टर गोविन्द केसीका मागप्रति ऐक्यवद्धता जनाएको छ। शुक्रबार नेविसंघ अध्यक्ष राजिव ढुंगाना नेतृत्वको पदाधिकारीले अनसनरत डा. केसीलाई त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भेटेर केसीका मागमा ऐक्यवद्धता जनाएको हो ।
डा. केसीले उठाएका चिकित्सा शिक्षा सुधारका सबै मागमा नेविसंघले ऐक्यवद्धता जनाएको नेविसंघ अध्यक्ष राजिव ढुङ्गानाले जानकारी दिए । उनले सरकारले डाकेसीसँग तुरून्त वार्ता गरी मागहरू सम्बोधन गर्नुपर्ने बताए ।
नेविसंघ महामन्त्री दीपक भट्टराईले भने,' चिकित्सा शास्त्र शिक्षा सुधार संगै यो मुलुकको सुधारका निम्ति आमरण अनसनरत डा. केसी को सत्याग्रह प्रति हाम्रो एकेवादद्ता छ , उहाका सम्पूर्ण माग पुरा गर्दै डा. केसीको जीवन रक्षाका लागि यो सरकार संवेदनशील बनोस् ।'
डा केसी १२ दिनदखि अनसनमा रहेका छन् । १९ औं पटक अनसन बसेका डा केसी कमजोर गएको छ । नेविसंघले डा. केसीको जीवन रक्षाका सरकारसँग माग गरेको छ ।