arrow

आइतबार मलमासको तेस्रो दिन, यस्तो हुनेछ पञ्चांगअनुसार दिन

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७७ असोज ४ आइतबार
rashifal-horoscope.jpg

आजको पञ्चांग 
आज मिति २०७७ आश्विन ४ गते आइतबार, इस्वीसंवत सेप्टेम्बर २० तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । शरद ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार अधिक आश्विनशुक्ल पक्ष चलिरहेको छ । 

सौरमान अनुसार आज अधिक आश्विनशुक्लको तृतीया तिथि रहनेछ । आज चित्रा नक्षत्र, विष्कुम्भादि योगमा ऐंन्द्र, करणमा वणिज, आनन्दादि योगमा पद्य रहनेछ । सूर्य कन्या राशिमा, चन्द्रमा तुला राशिमा रहनेछ । आज दिनमान ३० घटि २३ पलाको रहनेछ । 

आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ५२ मिनेटमा मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ०१ मिनेटमा हुनेछ । मलमास चलिरहेकाले धार्मिक कर्म, नयाँ र महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला । 

आजको राशिफल
मेषः
आज इच्छाशक्ति बढ्नुका साथै प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ । परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिने छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको गाँठो कसिएला । कामबाट पनि फुर्सद पाइनेछ । प्रशंसकहरू बढ्नेछन् । आक्षेप लगाउनेहरू पनि निष्क्रिय हुनेछन् ।

मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार गणेश भगवानको पूजा र सूर्य देवको आराधना गरी लक्ष्मीनारायणलाई गुलियो खिर अर्पण गरेमा राम्रो हुनेछ भने कामहरू समयमा नै सम्पन्न हुनेछन् । 

वृषः आज समय शुभ रहनेछ । मिहिनेत र परिश्रम खेर जाँदैन, लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य प्राप्त हुनेछ । अप्रत्याशित उपलब्धी प्राप्त हुँदा मनमा उमंग पलाउने छ । अनुभवी र जान्ने बुझ्नेको राय सल्लाह लिई नयाँ काममा हात हाल्दा राम्रो हुन्छ । गरी आएका व्यापार व्यवसाय र कामधन्दाका क्षेत्रबाट पनि फाइदा नै हुनेछ । नचिताएको मान्छेको सहयोग पाइने छ ।

वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले प्रत्येक सोमवार दान–पुण्य गर्नाले मानसिक शान्ति मिल्नेछ । साथै हरेक दिन गाईलाई रोटी र परेवालाई चारो दिर्नुहोस् र प्रत्येक बिहान भगवान शिवको दर्शन गरी शुक्रवार शिवलिंगमा साबुदाना अर्पण गर्दा निकै राम्रो हुनेछ । 

मिथुनः समय भरपर्दो रहनेछैन । तुला राशिको चन्द्रमाले पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ । कामका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग गर्ने आवश्यकता पर्न सक्छ । स्वास्थ्य बाधाले सताउन सक्छ । काममा लामो समय जुट्न नसकिने, बुद्धिको उपयोगले मात्र लाभ दिलाउनेछ ।

मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । मिथुन राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन र पूजा, हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ भने प्रत्येक दिन बिहानै देवी लक्ष्मी वा दुर्गाको दर्शन गरी गणेशलाई रातो फूल अर्पण गर्दा तपाइँको मनोकांक्षा पूर्ण हुनेछ । 

कर्कटः आज पनि समय खराब नै रहनेछ । आज जे काम गर्नुहुन्छ त्यसमा अत्यन्त सतर्क हुन आवश्यक छ । वादविवाद तथा मुद्दा मामिलामा सहभागी नहुनुहोला किनकि नकारात्मक नतिजा आउनेछ । सकसपूर्ण तथा झन्झटिलो यात्रा हुनेछ । व्यापार व्यावसायमा सन्तोषजनक प्रगति हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा काम गर्न अफ्ठ्यारो महसूस हुनेछ । दाजुभाई तथा छिमेकीसँग पनि मनमुटाव बढ्नेछ । 

कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले सोमवार शिवालयमा विशेष पूजा गरेर  सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ । यस्तै हरेक बिहान भगवान कृष्णको दर्शन गरी तुलसी, मिश्री र मख्खनको भोग लगाएमा राम्रो हुनेछ । 

सिंहः आज समय शुभ छ । अप्ठ्यारा परिस्थितिसँग पनि जुझारु भई काम गरिने छ । बन्धुबान्धव र गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत प्रदान गर्नेछ । उद्योग तथा बन्द व्यापारबाट राम्रो फाइदा लिन सकिने छ । शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिने छ ।
सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, शनिबार विष्णुको पूजा गरेर पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । हरेक दिन बिहान सूर्यनारायणको दर्शन गरी रातो गुलाफ हनुमानजीको चरणमा अर्पण गर्दा तपाइँको स्वास्थ्य राम्रो हुनेछ । 
कन्याः आज पनि समय खराब रहनेछ । शत्रुस्थानको चन्द्रमाले दैनिक कार्यमा विघ्नबाधा आउनेछ । विभिन्न अवसर आए पनि ति अवसरको सही तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपाईलाई पछाडि छोड्नेछ । व्यापार व्यावसायमा आम्दानी कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यवस्थापन गर्न कठिनाई हुनेछ । राजनीति तथा समाज सेवामा समय लगानी गर्नेहरुका लागि आलोचना बढ्ने देखिन्छ ।

कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएका व्यक्तिहरूले हरियो कपडा लगाउने र गणेश भगवानको पूजा गर्नु लाभदायक हुन्छ । साथै हरेक दिन बिहान भगवान गणेशको दर्शन गरी देवी दुर्गालाई सेतो चामल अर्पण गर्नुहोस् ।

तुलाः आज समय अत्यन्तै शुभ छ । भाग्य स्थानमा चन्द्रमा छन् । त्यसैले अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । आजको काममा राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । पैतृक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ ।

तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामी राशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको दर्शन, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । यस्तै मंगलवार गणेशजी र शुक्रवार लक्ष्मी देवीको पूजा गर्नाले लाभ मिल्नेछ । यस्तै भगवान लक्ष्मीनारायणलाई कमलको फूल अर्पण गरी हनुमानलाई लड्ड् चढाउनु भएमा तपाइँले आँटे ताकेका कामहरु पूर्ण हुनेछ । 

वृश्चिकः आज समय अत्यन्तै खराब छ । शत्रुस्थानको स्वास्थ्यले धोका दिन सक्नेछ । खानामा गडबडी, असुविधा, कुनै व्यक्तिस“ग विवाद पर्ने, लाभ कम, हानी नोक्सानी ज्यादा हुन सक्ने देखिएको छ । घर परिवारबाट सहयोगको बदला हानी नोक्सानी नै ज्यादा हुने देखिन्छ । खासगरी आज पूर्व दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । धार्मिक आर्थिक लेनदेनको कारोबार पनि नगर्नुहोला । 
 
वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ । यस्तै भगवान विष्णु मन्दिरमा तुलसी रोप्नुहोस् र व्यापारी महानुभावहरुले यात्रा पूर्व श्रीराम स्तुति पाठ गर्दा राम्रो हुनेछ । 

धनुः आज समय शुभ छैन । स्वास्थ्यमा एक्कासी समस्या आउने, चोटपटक लाग्न सक्नेछ । आज तापइँलाई चोरीको आरोप पनि लाग्न सक्छ । अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ । अवसर जुटे पनि ठूलो उपलब्धि नहुन सक्छ । विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्या आइपर्ला । आवेशको निर्णयले आँटेको काम बिग्रन सक्छ । व्यर्थैमा वादविवादमा परिने समय रहेकाले गोपनीयतामा ध्यान दिनुहोला ।

धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । यो राशि भएका व्यक्तिले पहेंलो रंगको कपडा लगाउँदा सफलता समल्नेछ । आफ्ना गुरुलाई सम्मान र गुरुमन्त्रको जप गर्ने बानी बसाल्दा राम्रो हुनेछ । यस्तै हरेक दिन हनुमानजीको दर्शन गरी पिपलमा जल र मिठाई अर्पण गरेर केशरीको टिका लगाउँदा तपाइँको परिवारमा शान्ति छाउनेछ ।

मकरः आज समय राम्रो रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । दाम्पत्य सुखले प्रफुल्लित भइनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । कामका लागि अनुकूल समय छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ ।
मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा राम्रो हुनेछ । यस्तै हरेक बिहान देवी गायत्रीको दर्शन गरी महत्वपूर्ण काममा जानुपूर्व सेतो फूल साथमै लादा राम्रो हुनेछ । 
कुम्भः आज समय खराब छ । जोखिमपूर्ण कामको जिम्मेवारी प्राप्त हुनाले सावधानीका उपाय अवलम्बन गर्नुपर्ला । काममा चुनौती आउनाले सोचेको फाइदा उठाउन मुस्किल पर्नेछ । वैधानिक प्रावधानले पनि घुमाउरो मार्गबाट मात्र लक्ष्यमा पुगिएला । प्रतिस्पर्धी बढ्नाले अधिकार सुरक्षा गर्न जुट्नुपर्ला । फजुल खर्चका साथै ठगीमा परिने योग भएकाले दिनभरि होसियार रहनुहोला ।

कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवको पूजा गर्ने, भोका व्यक्तिलाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ । यस्तै केराको बोटमुनी दियो बाली महत्वपूर्ण काम पूर्व हनुमानलाई मीठा पान अर्पण गर्दा तपाइँले गर्न खोजेका कामहरु पूर्ण हुनेछ । 

मीनः आज समय मध्यम खालको छ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । उपहारले काममा उत्साह जगाउला । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । आतिथ्य भने खर्चिलो हुन सक्छ । पहिलेका कामबाट आम्दानी भइरहनेछ । व्यवसायमा पनि फाइदा हुनेछ । तर यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।

मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपिडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । यस्तै विष्णुलाई केसरीको टिका अर्पण गरेर र आफू पनि लगाउनुहोस् र लक्ष्मीलाई गुलियो प्रसाद अर्पण गर्नुहोस् यसले तपाइँको मनोकामना पूर्ण हुनेछ ।

साइतः आज चन्द्रमा तुला राशिमा छन् त्यसैले दक्षिण बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज आइतबार परेकाले पश्चिम दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 
 
आजको शुभ लाभादि बेला 

बिहान ५ः५२ बजेदेखि         ७ः२२ बजेसम्म        उद्धेग बेला
बिहान ७ः२२ बजेदेखि         ८ः५२ बजेसम्म        चर बेला
बिहान ८ः५२ बजेदेखि         १०ः२२ बजेसम्म        लाभ बेला
बिहान १०ः२२ बजेदेखि        ११ः५२ बजेसम्म        अमृत बेला
बिहान ११ः५२ बजेदेखि        १ः२२ बजेसम्म        काल बेला
दिनमा १ः२२ बजेदेखि         २ः५२ बजेसम्म        शुभ बेला
दिउँसो २ः५२ बजेदेखि            ४ः२२ बजेसम्म        रोग बेला
दिउँसो ४ः२२ बजेदेखि           ५ः५२ बजेसम्म        उद्धेग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ४ः३० देखि ६ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ