arrow

गरुडा हत्याकाण्डः तीन जना पुर्पक्षका लागि कारागार चलान

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७७ भदौ ३१ बुधबार
garuda.jpg

रौतहट। गरुडा हत्याकाण्का अभियोगमा पक्राउ परेका ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत रौतहटले आदेश दिएको छ । साउन ३१ गते गरुडा नगरपालिका वडा नं. ८ जिंगडीयाका २० वर्षीय निरन्जन रामको धारिलो हतियारप्रयोग गरि घाँटी रेटेर हत्या गरेको अभियोगमा पक्राउ परेका ७ जनामध्ये ३ जनालाई अदालतले मंगलबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । 

हत्या गरेको आरोपमा पक्राउ परेका सोही गाउँका अर्जुन राम, अजयकुमार रन्जन र शेख आजादलाई जिल्ला अदालत गौरले मंगलबार पुर्पक्षका लागी कारागार पठाउने आदेश गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठले जानकारी दिए ।

घट्नामा मुख्य योजनाकार भनेर पीडितले किटानी जाहेरी दिएका नर्सरी सञ्चालक भने साधरण तारेखमा छुटेका छन् । श्रेष्ठका अनुसार पक्राउ परेका ७ जना मध्ये निरन्जन कार्यरत नर्सरीका सञ्चालक राजाराम साहलाई प्रमाण नपुगेको भन्दै अदालतले साधारण तारेखमा छाडेको हो ।

त्यस्तै, घट्नामा पक्राउ परेको १९ वर्षीय विवेकराय यादवको उमेरका कारण पुनःस्थापना केन्द्र पठाउने आदेश भएको छ । निरन्जन हत्यामा पक्राउ परेका अर्का सिकिन्द्र पासवानको मनस्थिति ठिक नभएकाले तत्काल उपचारका लागि पठाउने र ठिक भएपछि अदालत पेश गर्ने आदेश भएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

 पासवानले अदालत समक्ष बयान दिन नसक्ने अवस्था आएकाले उपचार गराउने आदेश भएको हो । यो घट्नामा पक्राउ परेर विजय महराको भने घट्ना स्वीकार गराउने क्रममा प्रहरीको कुटपिटबाट मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ