सनराइज बैंकको कार्डहरुमा ग्रिनपिन सेवा सुरु भएसगै कारोवार सुरक्षित हुने
प्रकाशित २०७७ भदौ २८ आइतबार
926
Shares
काठमाडौं। सनराइज बैंकले आफ्ना सम्पूर्ण डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्तर्राष्ट्रिय कार्ड मार्फत हुने कारोबारलाई अझ सुरक्षित र सहज बनाउन ग्रिन पिन सेवा सुरु गरेको जनाएको छ।
यस सेवाको सुरु भएसँगै अब बैंकबाट जारी हुने डेबिट, क्रेडिट तथा अन्तर्राष्ट्रिय कार्डको हकमा कागजी पिन मेलरको आवश्यकता नपर्ने बिज्ञप्तिमा बताइएको छ। ग्राहकहरूले आफ्नो नयाँ कार्ड कुनै पनि सनराइज बैंकको एटीएममा हाल्ने बितिकै बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा एसएमएस मार्फत ग्रिनपिन प्राप्त गर्ने जनाइएको छ। सम्बन्धित व्यक्तिको मोबइल मै पिन जाने हुदाँ यो सुबिधा पहिले भन्दा अझै सुरक्षित हुने बैकको बिश्वास बताएको छ।
कागजबिहिन मेलरमा भर पर्नु नपरेको कारण कुनै पनि ग्राहकले पिन कोड बिर्सिएर पुन पिन कोड माग्नु पर्ने अवस्थामा समेत ग्राहकले सनराइज बैंकका कुनै पनि शाखा मार्फत निबेदन दिए पश्चात तत्कालै कागज बिहिन ग्रिन पिन सेवा प्राप्त गर्न सक्नेछन्।