arrow

महामारीलाई अवसरको रुपमा प्रयोग गर्न मेडिकल सुपरिटेन्डेन्टलाई निर्देशन

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ भदौ २३ मंगलबार
raut-super.PNG

जनकपुरधाम । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको चुनौतीलाई अवसरको रुपमा प्रयोग गर्न प्रदेश स्थित अस्पतालका मेडिकल सुपरिटेन्डेन्टहरुलाई निर्देशन दिएका छन् । अस्पतालहरुको वर्तमान अवस्था र अगामी दिनहरुमा गर्नु पर्ने सुधारबारे छलफल गर्ने उद्देश्यका साथ मंगलबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सम्पन्न मेडिकल सुपरिटेन्डेन्टहरुसहितको प्रादेशिक कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकमा मुख्यमन्त्री राउतले सो निर्देशन दिएका हुन्।

मुख्यमन्त्री राउतले अस्पतालको सुधारका प्रदेश सरकार स्थापनाकाल देखि नै प्रयासरत रहे पनि पछिल्लो समयमा कोरोना महामारीले थप सुधारको आवश्यकता देखाएको हुँदा त्यसै अनुरुप प्रदेश सरकार अघि बढेको स्पष्ट पारे।

मुख्यमन्त्री राउतले गत आर्थिक वर्षमा प्रदेश सरकारले अस्पतालको सुधारका लागि पठाएको रकम सदुपयोग हुन नसकेको बोल्दै चालु आवमा पठाइएको रकमको सत प्रतिशत सदुपयोग गर्न र थप आवश्यक सुधारबारे सुझाव दिन आग्रह समेत गरे।

मुख्यमन्त्री राउतले भने , ‘ हाम्रो प्रदेशमा स्वास्थ्य संस्थाहरुको अवस्था विगतदेखि नै दयनिय छ । हामी सुधारका प्रयासहरु थालेका छौ , अहिलेको कोरोना महामारी चुनौतीको रुपमा रहे पनि स्वास्थ्य संस्थाहरुको सुधारको लागि यसलाई हामीले अवसरको रुपमा प्रयोग गर्नु पर्दछ । ’

कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले हर सम्भव प्रयास गरि रहेको बोल्दै मुख्यमन्त्री राउतले अग्रणी भूमिकामा रहेको स्वास्थ्यकर्मी चिकित्सकहरुलाई उच्च मनोवलका साथ काम गर्न आग्रह समेत गरे।

कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साहले अस्पतालहरुको सुधारमा प्रदेश सरकार हर सम्भव लगानी गर्न तयार रहेको उल्लेख गर्दै कोरोना महामारीनियन्त्रणमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ