arrow

सखुवाको काठलाई लिएर स्थानीय र प्रहरीबीच झडप, इन्सपेक्टरसहित ५ जना घाइते

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ भदौ २२ सोमबार
police-dhanusa.jpg

धनुषा । धनुषामा स्थानीय र प्रहरीबीच झडप हुँदा ५ जना घाइते भएका छन् । झडपमा परि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक (इन्सपेक्टर) दिपक रायसहित ५ जना घाइते भएका छन् । धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर ५ शान्तीपुर स्थित सखुवा काठको गोलियाको बिषयमा झडप भएको हो । 

शान्तिपुर मुसरीटोल स्थित राती करिब साढे १० वजे स १ त ६०४० नम्बरको ट्रक्टरमा वाढीले बगाएर ल्याएको काठ ओसारी रहेको खवर पाउन साथ इलाका प्रहरी कार्यालयबाट इन्सपेक्टर दिपक कुमार रायको कमान्डमा प्रहरीको टोली गएको थियो ।
 
धनुषाको औरही खोलामा बगेर आएको सखुवा काठको गोलिया लैजाने विषयमा गएराति प्रहरी र स्थानीयबिच झडप हुँदा २ प्रहरी र ३ स्थानीय गरी ५ जना घाइते भएका छन्।

गाउँलेको ढुंगामुढाबाट इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्सपेक्टर दीपक राय र प्रहरी जावन रामविश्वास परित लगायतका घाइते भएका छन् । झडपमा परी घाइते भएका प्रहरी निरीक्षकको निधारमा ६ वटा टाँका लागाइएको छ ।

प्रहरीको लाठीचार्जबाट एक महिलासहति ३ जना स्थानीय समेतलाई उपचार धनुषाको रमदैया स्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा भइरहेको अस्पताल स्रोतले जानकारी दिएको का छन् ।

बटेश्वर गाउँपालिका र क्षिरेश्वरनाथ नगरपालिकाकोबिच भएर बग्ने औरही खोलामा आइतबार दिउँसो स्थानीय मुसहर समुदायले तीन फिट मोटो सखुवा काठको गोलिया भेटेको थिए । त्यहि गोलिया विषयमा प्रहरीले जानकारी पाएपछि राति ९ बजे तिर नियन्त्रणमा लिन गएको बेला दुवैपक्षबिच झडप भएको हो  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ