arrow

पुजारीको हत्या लेनदेनको मामिला भन्ने प्रहरीको प्रतिवेदन झूटो रहेको परिवारको भनाई

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २१ आइतबार
pujariko_hatya_rautahat.jpg

रौतहट। रौतहटमा पुजारी श्रीराम साहको हत्या आर्थिक लेनदेनका कारण भएको भन्ने प्रहरी प्रतिवेदन झूठ रहेको पीड़ित परिवारका सदस्यहरूले बताएका छन् । उनको परिवारका सदस्यहरुलाई उल्टै प्रहरीलाई प्रश्न गरेका छन्, 'पुजारी श्रीराम साह जो भिक्षा मागेर आफ्नो जीवन चलाइरहेका थिए, कसरी अरुलाई कर्जा दिन सके ?'

उनका परिवारले प्रहरीको भनाई सरासर गलत रहेको उल्लेख गर्दै मृतक साहले कसैलाई उधारो नदिएकाे बताए । यसमा पुनः छानबिन गर्न पनि पीडित परिवारकाे माग रहेकाे छ।

त्यस्तै २ दिन अघि पुजारीको हत्यारालाई बचाउन षड्यन्त्र गरेको आरोप लगाउदै स्थानीयले प्रदेश नम्बर २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतको कार्यक्रममा कालो झण्डा देखाएर विरोध गरेका थिए ।

‘पुजारी श्रीराम साह जिन्दावाद ! हत्याराहरु मुर्दावाद !, हत्यारा लुकाउने नेता चाहिदैन ! पीडितलाई जिस्क्याउन पाउदैन, पुजारी श्रीराम साहको हत्यारा बचाउने षड्यन्त्र बन्द गर !’ जस्ता नारा लगाउदै स्थानीयले प्रदर्शनसंगै मुख्यमन्त्रीको कार्यक्रम अवरुद्ध गरेका थिए ।

भदौ ३ गते बेलुका खाना खाइरहेको बेला कन्चटमा गोली हानेर पुजारी श्रीराम साहको हत्या गरिएको थियो । आफ्नो नीजि जीवनप्रतिको स्वार्थ परित्याग गरी सन्त बनेर समाजिक जीवन बिताइरहेका पुजारीको हत्या भएको भन्दै खेसरहियावासीसहित रौतहटका आम नागरिकले निष्पक्ष छानबिनको माग गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ