arrow

प्रदेश २ मा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १००

logo
रासस,
प्रकाशित २०७७ भदौ २० शनिबार
federal-2-nepal-state-2072.png

जनकपुर। प्रदेश नं २ मा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १०० पुगेको छ। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पर्सामा दुई जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या एक सय पुगेको हो।

यस प्रदेशमा सबैभन्दा बढी पर्सामा ३८, बारामा १५, धनुषामा १२, महोत्तरीमा १०, सप्तरी र सिरहाबाटमा आठ-आठ, रौंतहटमा पाँच, सर्लाहीमा तीन र एक भारतीय नागरिकको मृत्यु भएको समाजिक विकास मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा सप्तरीमा ३३, धनुषामा छ, महोत्तरीमा २५, बारामा १२ र पर्सामा आठ गरी ८४ नयाँ सङ्क्रमित थपिएका छन् । यस प्रदेशमा अब सङ्क्रमितको सङ्ख्या ११ हजार ६१ पुगेको छ । सोमध्ये आज २४३ जना उपचार गराइ निको भएर घर फर्केका छन् । उपचार गराइ निको भएर घर फर्कनेको सङ्ख्या पाँच हजार ६०२ पुगेको छ ।

यस प्रदेशमा १७७ क्वारेन्टिनस्थलमा ५६६ जना बसेका छन् भने होम क्वारेन्टिनमा एक हजार ७१८, आइसोलेशनमा ९१५ र होम आइसोलेशनमा चार हजार ४४४ जना रहेको सो मन्त्रालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ