arrow

कोरोना नियन्त्रण गर्न प्रदेश दुई संघर्षरत, सुझाव कार्यान्वयन गर्ने मुख्यमन्त्री राउतको प्रतिवद्धता 

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ भदौ १७ बुधबार
118772357_945806765926309_7.jpg

जनकपुरधाम । प्रदेश नम्बर दुई का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महमारी नियन्त्रणका लागि आठ वटै जिल्लाहरुबाट प्राप्त सुझावहरु यथाशीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

अन्तिम दिन धनुषा र महोत्तरीका सरोकारबलाहरुसंग महामारी नियन्त्रणका लागि चाल्नु पर्ने कदमहरुबारे सुझाव लिन बर्दीबासमा मंगलबार सम्पन्न भएको छलफलमा मुख्यमन्त्री राउतले महामारी नियन्त्रणमा भैरहेको प्रयास र अगामी दिनमा चाल्नु पर्ने कदमबारे आठ वटै जिल्लाका सरोकारबालाहरुले दिएको सुझावमा कतिपय कार्यान्वयनको चरणमा रहेको र बाँकी यथाशीघ्र पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

अहिलेको महामारीको समयमा लामो गफ होइन काम गर्ने बेला रहेको बोल्दै मुख्यमन्त्री राउतले भने, ‘जनता बाँचेपछि मात्र विकास गर्ने हो, अहिलेको समयमा जनताको ज्यानको रक्षा गर्न हामी सबै जुटौ ।’

बर्दिवासमा संचालनमा आएको पीसीआर ल्याबमासमेत प्रदेश सरकारले आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

बैठकमा समाजिक विकास मन्त्री नवल किसोर साहले महामारी नियन्त्रणको लागि जनचेतना नै सबैभन्दा ठूलो हतियार बन्ने भएकाले त्यसमा जुटन आग्रह गरे ।
 
कार्यक्रममा पूर्व संघीय स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, जनकपुर उपमहानगरका प्रमुख लालकिसोर साह, बर्दिवास नगरका प्रमुख विदुर कार्की, सोनमा गाउँपालिकाका प्रमुख राजकुमार यादव सहितका सम्बोधन गरेका थिए । 

कार्यक्रममा धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको अवस्थामा अगामी दिनमा चाल्नु पर्ने कदम बारे आ–आफ्नो प्रस्तुती राखेका थिए । 

यसअघि प्रदेश सरकारले सरोकारबालाहरु संग सुझाव लिन पर्सा र बाराको पथलैयामा, रौतटह र सर्लाहीको हरिवनमा , सप्तरी र सिरहाको लहानमा छलफल गरेको थियो । 

कार्यक्रममा दुबै जिल्लाका सुरक्षा अधिकारीहरु, अस्पताका मेसु सहितको उपस्थिति रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ