arrow

प्रदेश २ मा दुई जनाको मृत्यु

logo
प्रकाशित २०७७ भदौ १४ आइतबार
dead2.jpg

जनकपुर । प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु हुनुका साथै २२७ जना नयाँ संक्रमित थपिएका छन् ।

 सो अवधिमा सप्तरीमा एक ६० वर्षीया महिला र रौतहटमा एक ३० वर्षीय पुरुष गरी दुई जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले आइतबार जानकारी गराएको छ । यो प्रदेशबाट अहिलेसम्म कोरोनाको संक्रमणबाट ८६ जनाको मृत्यु भइसकेको हो ।

सोही अवधिमा सप्तरीमा चार, सिरहामा दुई, धनुषामा ७१, महोत्तरी र सर्लाहीमा ३५÷३५ जना, रौतहटमा एक, बाराबाट ३० र पर्सामा ४९ जना गरी २२७ जना नयाँ संक्रमित थपिएका हुन् । 

आइतबार थपिएका सङ्ख्यासमेत गरी यस प्रदेशमा संक्रमितको सङ्ख्या १० हजार २२ पुगेको छ । सोमध्ये आइतबार ११४ जना उपचार गराई  निको भएर घर फर्केका छन् । अब उपचार गराई निको भएर घर फर्केनेको सङ्ख्या चार हजार ८४९ पुगेको छ ।

यस प्रदेशअन्तर्गतका १९६ क्वारेन्टिनमा ६९८ जना बसेका छन् भने होम क्वारेन्टिनमा दुई हजार ५७२, आइसोलेसनमा एक हजार ३२ र होम आइसोलेसनमा चार हजार ५५ जना रहेको सो मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ