arrow

प्रदेश नं २ : पाँच सङ्क्रमितको मृत्यु

logo
रासस,
प्रकाशित २०७७ भदौ १३ शनिबार
federal-2-nepal-state-2072.png

जनकपुर। प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पाँच जनाको मृत्यु हुनाका साथै ७९ जना नयाँ सङ्क्रमित थपिएका छन्। सो अवधिमा महोत्तरीबाट तीन तथा बारा र सिरहाबाट एकएक गरी पाँच जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले आज जानकारी गराएको छ। प्रदेशबाट अहिलेसम्म कोरोनाको सङ्क्रमणबाट ७७ जनाको मृत्यु भइसकेको छ।

सो अवधिमा सप्तरीबाट ६, सिरहाबाट दुई, धनुषा, महोत्तरी र सर्लाहीबाट १९-१९, रौतहटबाट २०, बाराबाट पाँच र पर्साबाट एक गरी ७९ जना नयाँ सङ्क्रमित थपिएका हुन्।

आज थपिएका सङ्ख्यासमेत गरी प्रदेशमा सङ्क्रमितको सङ्ख्या नौ हजार ६३० पुगेको छ। तीमध्ये आज १५२ जना उपचार गराई  निको भएर घर फर्केका छन्। अब उपचार गराई निको भएर घर फर्केनेहरुको सङ्ख्या चार हजार ६४८ पुगेको छ।

प्रदेशअन्तर्गतका १९६ वटा क्वारेन्टिनमा ७९५ तथा होम क्वारेन्टिनमा दुई हजार ५९१, आइसोलेशनमा एक हजार ५८ र होम आइसोलेशनमा तीन हजार ८४७ जना रहेको सो मन्त्रालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ