arrow

दुईपटक कालबेला भएको यस्तो छ शनिबारको दिन

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ भदौ १३ शनिबार
rashifal-horoscope.jpg

आजको पञ्चांग 
आज मिति २०७७ भाद्र १३ गते शनिबार, इस्वीसंवत अगष्ट २९ तारिख सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रपदशुक्लपक्ष चलिरहेको छ । 

सौरमान अनुसार आज भाद्रपदशुक्लपक्षको एकादशी तिथि रहनेछ । आज पूर्वाषाढा नक्षत्र, विष्कुम्भादि योगमा आय्ुष्मान, करणमा बब, आनन्दादि योगमा मातंग रहनेछ । सूर्य सिंह राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । 

आज दिनमान ३१ घटि ५१ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ४१ मिनेटमा यम मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर २६ मिनेटमा हुनेछ । 

आजको राशिफल
मेषः
आज पनि समय शुभ छैन । तपाईमाथि भ्रम जाल बुनेर फाल्ने छन् विचार पु¥याउनु होला । सानो हेलचक्र्यार्ईले ठूलो घाटा हुनेछ । मिलेर काम गर्दा धोका हुनेछ । घरयासी खर्चमा कुनै कमि आउने छैन । जीवन साथीको सहयोग र सल्लाहमा काम गर्दा सामान्य राहत मिल्नेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । नेतृत्वको प्यास जाग्नेछ ।

मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्र राशि मिथुन र कुम्भ, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार पूजा तथा आराधना गरी गणेश भगवानलाई खुसी बनाउन सके कामहरू समयमा नै सम्पन्न हुनेछन् । 

वृषः आज समय खराब रहनेछ । स्वास्थ्यले साथ दिने छैन । सहज रुपमा काम गर्ने वातावरण अझै बन्ने छैन । साना साना समस्या समाधान गर्न पनि तयारी ठूलो गर्नु होला । उपलब्धि हासिल गर्न संघर्षका बाटाहरु रोज्नु पर्नेछ । लेनदेन कारोबारमा समस्या आउन सक्छ । सबैलाई आफ्नो ठानेर आत्मीय कुरा नखोल्नु होला । व्यापार व्यवसायबाट भनेजस्तो तथा सोचेजस्तो नाफा लिन सकिने छैन ।

वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले प्रत्येक सोमवार दान–पुण्य गर्नाले मानसिक शान्ति मिल्नेछ । प्रत्येक दिन गाईलाई रोटी र परेवालाई चारो दिनाले पनि भाग्यमा वृद्धि हुनेछ ।

मिथुनः आज समय शुभ छ, स्वास्थ्यले पनि साथ दिनेछ । दिन अनुकुल नै देखिन्छ । अप्रत्याशित यात्रा हुन सक्ने गोचर परेको छ । कार्य तालिका बनाएर योजना अगाडि बढाउनु होला सफलताका सिढि चढ्न गाह्रो हुने छैन । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । सहयोगी मित्र भेटिनेछन् । साझेदारीमा काम नगर्नु होला । झगडा तथा द्वन्दबाट टाढा बस्नु होला ।

मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, धारण गर्ने रत्न पन्ना हो । मिथुन राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको दर्शन, पूजा, आराधना, एवं हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । 

कर्कटः आज पनि समय खराब छ । स्वास्थ्यमा समस्या आउन सक्ने तथा औषधि उपचारमा खर्च गर्नुपर्ने ग्रह, गोचर देखिन्छ । समयमा गरेका काम सफल हुनेछन् । कर्म अनुसार व्यापार व्यवसायबाट फल मिल्नेछ । ढिला सुस्ति र हेलचक्र्याईले आफैलाई घाटा हुनेछ । लगनशिलता बढाउनु होला । अरुको धेरै विश्वास र भरोसा नगर्नु होला । आज बढि महत्वाकांक्षी पनि नबन्नुहोला ।

कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले सोमवार शिवालयमा विशेष पूजा गरेर  सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ । 

सिंहः आज समय राम्रो छ । समयको महत्व बुझेर काम गर्नु होला हेलचक्र्याई भयो भने पछि पश्चताप गर्नु बाहेक केहि हुने छैन । समयमा गरेका काम सफल हुनेछन् । उपलब्धि पनि हात लाग्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पारिवारिक सहयोगमा कुनै कमि आउने छैन । बाह्य व्यक्तिको भर परेर काम नगर्नु होला धोका हुनेछ ।

सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, शनिबार विष्णुको पूजा गरेर पीपलमा जल चढाउँदा लाभ मिल्नेछ ।

कन्याः आज समय खराब छ । कर्म क्षेत्र छोडेर बाहिर नजानुहोला । काममा विस्तारै सुधार आउनेछ । आर्थिक समस्या कम भएर जानेछन् । व्यापारमा क्रमिक सुधार आउनेछ । कार्य लगनशिलता विस्तारै बढ्नेछ । बोलीको विश्वासमा मात्रै अघि बढ्नु भयो भने दुःख पाउनु हुनेछ । नोकरी तथा राजनीतिमा भूमिकाको खोजी हुनेछ । पढाई लेखाईमा भने कम ध्यान जानेछ ।

कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएका व्यक्तिहरूले अत्यधिक सफलताका लागि हरियो कपडा लगाने र गणेश भगवानको पूजा गर्नु लाभदायक मानिन्छ । 

तुलाः तुला राशि भएकाहरूका काम गर्ने वातावरण विस्तारै तयार हुनेछ । संघर्ष विना सपना साकार हुने छैनन । आयात निर्यात व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । ऋण मोचनको सम्भावना पनि देखिन्छ । पारिवारिक सहयोगमा वृद्धि हुनेछ । कार्य क्षमता बढ्नेछ । नयाँ योजनाको बारेमा विचार विमर्श हुनेछ । नयाँ ठाउँको यात्राको योजना बन्नेछ ।

तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, धारण गर्ने रत्न हीरा हो । प्रतिकूल समयमा देवीको दर्शन, बृहस्पतिको मन्त्रजप गरी समयलाई फलदायी बनाउन सकिनेछ । यस्तै मंगलवार गणेशजी र शुक्रवार लक्ष्मी देवीको पूजा गर्नाले लाभ मिल्नेछ । 

वृश्चिकः आज समय अत्यन्तै खराब छ । कार्य क्षेत्र छोडेर बाहिर नजानु होला, सम्भावनाका ढोका खुल्लै देखिन्छन् । समयमा कार्य सम्पादन गर्नु होला । ढिला गर्दा अवसर अरुले छोप्ने छन् । व्यापार व्यवसायबाट आय आर्जन घढ्नेछ । आम्दानीलाई वचतमा परिणत गर्न भने गाह्रो हुनेछ । अरुको कुराको धेरै विश्वास नगर्नु होला । आज सकभर ऋण तथा पैसा सापटी नदिनुहोला ।
 

वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले शनि ग्रहलाई खुसी पार्नका लागि विष्णुको पूजा, पीपलमा जल चडाउँने तथा मन्त्र जप गर्दा लाभ मिल्नेछ । दान–पुण्य गर्नाले मानसिक चिन्ता कम हुनेछ । 

धनुः आज समय अत्यन्तै शुभ छ । धेरै चिन्ता गर्ने तर कुनै आवश्यकता छैन । किनकि खुशीले तपाईंलाई निराशाले भन्दा बढी आनन्द दिनेछ । अनुमान वा अनपेक्षित लाभ मार्फत वित्तीय स्थितिमा सुधार आउनेछ । सारा परिवारको लागि समृद्धि ल्याउने परियोजनाहरू तपाईंले चुन्नु पर्नेछ । भावनात्मक रोकावटले तपाईंलाई समस्यामा पार्नेछन् । तपाईं सबैको लागि आज धेरै सक्रिय र सामाजिक कार्य गर्ने राम्रो दिन हुनेछ ।

धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । यो राशि भएका व्यक्तिले अधिक सफलता पाउन पहेंलो रंगको कपडा लगाउनुहोस् । आफ्ना गुरुलाई सम्मान गर्दै गुरुमन्त्रको जप गर्ने बानी बसाल्नुहोस् ।

मकरः आज पनि समय राम्रो छैन । समय अनुकुल देखिन्न । साना साना कुरामा हेलचक्र्याई नगर्नु होला । झुट्टा आरोप लगाउन सक्छन् सतर्क हुनुहोला । प्रतिष्ठा जोगाउनु मुस्किल पर्ने देखिन्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । व्यापार व्यवसायबाट उचित लाभ लिन सकिने छैन । अरुको विश्वास धेरै नपर्नु होला । नोकरीमा समस्या आउन सक्छ । अतिथि सत्कारमा धन खर्च हुनेछ ।

मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ एवं देवी भगवतीको उपासना शुभ फलदायी रहनेछ । 

कुम्भः आज पनि समय शुभ छ, स्वास्थ्य पनि भरपर्दो नै रहनेछ । आत्मवल, आत्मविश्वास एवं पराक्रम बढ्नुका साथै अधुरा कार्य बन्ने, नयाँ कार्य गर्ने अवसर मिल्नेछन् । वादविवाद तथा प्रतिस्पर्धात्मकमा आफ्नो जीत हुनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ । आकर्षक शक्ति वृद्धि हुनुका साथै सहयोग गर्नेहरुको उदय हुनेछ । दाम्पत्य जीवन सुखमय, विद्या, बुद्धिको विकास हुनेछ ।

कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवलाई खुसी पार्नसके आकस्मिक एवं चमत्कारी सफलता मिल्नेछ । भोकालाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ ।

मीनः आज समय मध्यम खालको रहनेछ । काममा पूर्ण सुधार होइन क्रमिक सुधार आउनेछ । समस्याको समाधानका उपायहरु पत्ता लाग्नेछ । उपकारी काममा समय बढि खर्च हुनेछ तर आफ्नो उपकार गर्ने कोहि हुने छैन । घर छोडेर बाहिर जान मन लाग्नेछ । व्यवसाय परिर्वतनको चाहना बढ्नेछ । अध्ययन अध्यापन कार्य अगाडि बढ्नेछन् । वौद्धिक जगतसँग भेटघाट हुनेछ । 

मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपिडा कम गर्न तथा सफलता प्राप्तिका लागि दैनिक गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । 

साइतः आज चन्द्रमा धनु राशिमा छन् त्यसैले उत्तर बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज शनिबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 
 
आजको शुभ लाभादि बेला 
बिहान ५ः४१ बजेदेखि         ७ः११ बजेसम्म        काल बेला
बिहान ७ः११ बजेदेखि         ८ः४१ बजेसम्म        शुभ बेला
बिहान ८ः४१ बजेदेखि         १०ः११ बजेसम्म        रोग बेला
बिहान १०ः११ बजेदेखि        ११ः४१ बजेसम्म        उद्धेग बेला
बिहान ११ः४१ बजेदेखि        १ः११ बजेसम्म        चर बेला
दिनमा १ः११ बजेदेखि         २ः४१ बजेसम्म        लाभ बेला
दिउँसो २ः४१ बजेदेखि         ४ः११ बजेसम्म        अमृत बेला
दिउँसो ४ः११ बजेदेखि        ५ः४१ बजेसम्म        काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय  बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोट  यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ