arrow

 प्रदेश २ : संक्रमणबाट थप आठ जनाको मृत्यु

logo
प्रकाशित २०७७ भदौ ११ बिहिबार
woman-dead-body.jpg

जनकपुर ।  प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट आठ जनाको मृत्यु भएको छ भने १२४ जना नयाँ संक्रमित थपिएका छन् । 

प्रदेशको समाजिक विकास मन्त्रालयले बिहिबार जारी गरेको तथ्याङ्कअनुसार सो अवधिमा बारामा पाँच, पर्सामा दुई र धनुषामा एक  गरी आठ जनाको कोरोनाको कारण मृत्यु भएको हो । 

प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ । साथै सोही अवधिमा सप्तरीमा ३२, सिरहामा चार, धनुषामा ३७, महोत्तरीमा ६, सर्लाहीमा तीन, रौंतहटमा ६, बारामा १० र पर्सामा २६ गरी १२४ जना नयाँ संक्रमित थपिएको हो । 

अब कूल संक्रमितको सङ्ख्या नौं हजार ५५१ पुगेको छ । सोमध्ये बिहिबार ५७ जनासमेत गरी चार हजार ४९६ जना उपचार गराएर घर फर्केका छन् ।

यसैबीच, यस प्रदेशअन्तर्गत १९६ क्वारेन्टिनस्थलमा ८१२ जना बसेका छन् भने होम क्वारेन्टिनमा दुई हजार ५५४, आइसोलेशनमा एक हजार १२१ र होम आइसोलेशनमा तीन हजार ८६२ जना बसेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ