arrow

छ चिकित्सकमा कोरोनाको संक्रमण, प्रदेश अस्पतालमा ओपिडी सेवा बन्द

logo
प्रकाशित २०७७ भदौ ११ बिहिबार
covid-test-positive-corona.jpg

कर्णाली । प्रदेश अस्पताल सुर्खेतका ६ जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका अनुसार सङ्क्रमण देखिएकामा दुई जना कन्सल्ट्यान्ट र ४ जना मेडिकल अधिकृत हुन् । अस्पतालका थप एक स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ ।

अस्पतालका निर्देशक डा डम्बर खड्काले कोरोना विशेष अस्पतालमा सङ्क्रमितको चाप हुनुका साथै कोरोना पुष्टि नभएका तर सङ्क्रमण भएका व्यक्तिबाट जोखिम बढेको बताए । 

हाल  कोरोना विशेष अस्पतालमा २३ सङ्क्रमित उपचाररत छन् । चिकित्सकमा सङ्क्रमण देखिएपछि अस्पतालले बिहीबारदेखि एक हप्ताका लागि ओपिडी सेवा बन्द गरेको छ । 

एक हप्तापछि अवस्था हेरेर अर्को निर्णय गर्ने निर्देशक खड्काको भनाइ छ  । यसअघि अस्पतालका तीन जना चिकित्सकमा कोरोना सङ्क्रमण देखिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ