arrow

प्रदेश २ : थप २४६ जनामा संक्रमण

logo
प्रकाशित २०७७ भदौ १० बुधबार
corona-test-kit.jpg

जनकपुर । प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा २४६ नयाँ संक्रमित थपिएका छन् ।

प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार सो अवधिमा सिरहामा दुई, धनुषामा ३३, महोत्तरीमा २०, सर्लाहीमा ७०, रौंतहटमा १३, बारामा ५३ र पर्सामा ५४ जना नयाँ संक्रमित थपिएका हुन् । 

यसका साथै, अव संक्रमितको सङ्ख्या नौं हजार ४२७ पुगेको छ । सोमध्ये बुधबार १२८ जना उपचारपछि घर फर्केका छन् । 

यस प्रदेशमा अहिलेसम्म चार हजार ४३९ जना उपचार गराइ निको भएर घर फर्केका छन् । 

यस प्रदेशका १९६ क्वारेन्टिनमा ८८१ जना छन् भने होम क्वारेन्टिनमा दुई हजार ५८८, आइसोलेशनमा एक हजार १२० र होम आइसोलेशनमा तीन हजार ८०४ जना रहेको समाजिक विकास मन्त्रालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ