arrow

प्रदेश २ : थप दुईको मृत्यु, ३९० थपिए संक्रमित

logo
प्रकाशित २०७७ भदौ ७ आइतबार
corona-test-kit.jpg

जनकपुर । प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट दुई जनाको मृत्यु हुनुका साथै ३९० जना नयाँ संक्रमित थपिएका छन् । 

यस प्रदेशमा सो अवधिमा पर्साबाट ५६ वर्षीया एक महिला र सर्लाहीबाट ३१ वर्षीया एक महिला गरी दुई महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छ ।
 
योसमेत गरी प्रदेश नं २ मा कोरोनाको संक्रमणको कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुगेको छ ।

 यसका साथै, पछिल्लो २४ घण्टामा धनुषामा ६० जना, पर्सामा १३९ जना, बारामा ३९ जना, महोत्तरीमा ३४ जना, रौतहटमा नौं जना, सप्तरीमा चार जना, सर्लाहीमा ९१ जना र सिरहामा १४ जना गरी ३९० जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी गराए । 

योसमेत गरी यस प्रदेशमा  कोरोना संक्रमितको सङ्ख्या आठ हजार ९१० पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ