arrow

कञ्चटमा गोली हानी हत्या गरिएका पुजारीका हत्यारालाई कारबाही गर्न कांग्रेस नेताहरुको माग

logo
प्रकाशित २०७७ भदौ ७ आइतबार
pujari-shoot.jpg

रौतहट । रौतहटमा खाना खान बसेका  पुजारीको हत्याको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाही हुनु पर्ने नेपाली कांग्रेसका नेताहरुले बताएका छ्न ।  

नेपाली कांग्रेसका केन्द्रीय उपसभापति विमलेन्द्र निधी, नेता तथा पुर्बमन्त्री गगन थापा, नेता रामहरि खतिवडा र रौतहट सभापति कृष्ण यादबले सामाजिक संजालमार्फत हत्याको घोर भत्सर्ना गर्दै दोषीलाई कडा कार्बाहीको माग गरेका हुन ।  

माधवनारायण नगरपालिकामा गरिएको पुजारीका हत्याको अनुसन्धान निष्पक्ष हुनुपर्ने उनीहरुको माग छ । कारबाहीको माग गरेका सामाजिक सञ्जाल ट्विटर, फेसबूक मार्फत नेताहरुले बढ्दो अपराधका घटना नियन्त्रणमा राज्य असफल भएको भन्दै नेपाल सरकारको आलोचना समेत गरेका छन । 

चार दिनअघि रौतहटको माधवनारायण नगरपालिका–२ खेसहरिया टोलको हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समूहले गोली हानी हत्या गरेको विषयमा छिटो अनुसन्धान गरी अपराधीलाई कारबाही हुनुपर्ने माग कांग्रेस नेताहरुको छ । 

हत्या गरिएका पुजारी शुद्ध समाजसेवी र ईमान्दार व्यक्ति भएकाले निर्मम तरिकाले गरिएको हत्यामा सरकार नबोल्नुको कारण हत्याको ढाकछोप गर्दै सामाजिक र कानुनी न्यायको उपहास गर्नेतर्फ सरकार र गृह मन्त्रालय लागेको आरोप उनिहरुको छ ।  

देशव्यापी दण्डहीनता बढेको भएपनि सरकार चुपचाप बसेको भन्दै कांग्रेस नेताहरुले प्रहरीसँग घटनाको अनुसन्धान गरि अपराधीलाई सार्वजनिक गर्न समेत माग गरेका छन । 

नेताहरूले सरकार र नेपाल प्रहरीले गम्भीर रूपमा अनुसन्धान गरि घटनालाई जतिसक्दो छिटो कानुनी दायरामा अपराधीलाई ल्याई कडा भन्दा कडा सजाय दिनुपर्ने भन्दै पुजारीको आत्माको चिरशान्तीको कामना समेत गरेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ