arrow

पुजारीको हत्याका अपराधीलाई कडा सजाय हुनुपर्ने कांग्रेस नेताहरुको माग

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७७ भदौ ७ आइतबार
pujari-shoot.jpg

रौतहट । रौतहटमा खाना खान बसेका पुजारीको हत्याको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाही हुनु पर्ने नेपाली कांग्रेसका नेताहरुले बताएका छ्न ।  नेपाली कांग्रेसको केन्द्रिय उप सभापति विमलेन्द्र निधी,नेता तथा पुर्ब मन्त्री गगन थापा, नेता रामहरि खतिवडा र रौतहट सभापति कृष्ण यादबले सामाजिक संजाल मार्फत हत्याको घोर भत्सर्ना गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका हुन ।  

माधव नारायण नगरपालिकामा गरिएको पुजारीका हत्याको अनुसन्धान निष्पक्ष हुनुपर्ने उनीहरुको माग छ । कारबाहीको माग गरेका सामाजिक सञ्जाल ट्विटर,फेसबूक मार्फत नेताहरुले बढ्दो अपराधका घटना नियन्त्रणमा राज्य असफल भएको भन्दै नेपाल सरकारको आलोचना समेत गरेका छन । 

चार दिनअघि रौतहटको माधवनारायण नगरपालिका–२ खेसहरिया टोलको हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समूहले गोली हानी हत्या गरेको विषयमा छिटो अनुसन्धान गरी अपराधीलाई कारबाही हुनुपर्ने माग कांग्रेस नेताहरुको छ । 

हत्या गरिएका पुजारी शुद्ध समाज सेवि र ईमानदार व्यक्ति भएकाले निर्मम तरिकाले गरिएको हत्यामा सरकार नबोल्नुको कारण हत्याको ढाकछोप गर्दै समाजिक र कानुनी  न्यायको  उपहास गर्ने तर्फ सरकार र गृह मन्त्रालय लागेको आरोप उनिहरुको छ ।  

देश व्यापी दण्डहीनता बढेको भयपनि सरकार चुपचाप बसेको भन्दै कांग्रेस नेताहरुले प्रहरीसँग घटनाको अनुसन्धान गरि अपराधीलाई सार्वजनिक गर्न समेत माग गरेका छन । 

नेताहरूले सरकार र नेपाल प्रहरीले गम्भीर रूपमा अनुसन्धान गरि घटनालाई जतिसक्दो छिटो कानुनी दायरामा अपराधीलाई ल्याई  कडा भन्दा कडा सजाय दिनुपर्ने भन्दै  पुजारीको आत्माको चिरशान्तीको कामना समेत गरेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ