arrow

मुख्यमन्त्री राउतको दवावमा नरसिंह हिन्दु सेनाका सप्तरी अध्यक्ष साह पक्राउ गरिएको आरोप

logo
प्रकाशित २०७७ साउन ३० शुक्रबार
narsingh-hindu-sena-bishnu-.jpg

राजविराज । नरसिंह हिन्दु सेनाका सप्तरी अध्यक्ष विष्णु प्रताप साहलाई विना कारण पक्राउ गरी थुनामा राखेको आरोप उनका समर्थकहरुले लगाएका छन् । 

सामाजिक अपराधको विरोधमा प्रहरीमा उजुरी गर्न जाँदा उल्टै समुदायबीच अफवाह फैलाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको समर्थकहरुले जनाएका छन् । उनलाई बिना कारण र झुठो आरोपमा पक्राउ गरिएको नरसिँह हिन्दु सेना नेपालले जनाएको छ ।  

साहले समाजिक अपराध विरुद्ध आवाज बुलन्द गर्दा उनलाई हिन्दु मुस्लिम बीचको अफवाह फैलाउने कसुरमा सप्तरी प्रहरीले पक्राउ गरेकोमा उनका समर्थकहरुले आपत्री जनाएका छन् । 
 
सप्तरीको कडरवोनास्थित एक किशोरीलाई विगत १ वर्षदेखि सोही स्थानका एक ४० बर्षिय पुरुषले सताइरहेको, दुःख दिरहेको जानकारी पाएपछि साहले प्रहरीमा उजुरी गर्न गएको बेला उनलाई पक्राउ गरिएको बताइएको छ । किशोरीलाई दुःख दिने पुरुषलाई कार्वाहीको माग गर्दै स्थानीय प्रहरीमा रिपोर्ट गर्न जाँदा सताउने व्यक्तिको समुदायले सो कुराको भनक पाएर पहुँचबाला व्यक्तिसँगको दबाबमा साहलाई तत्कालै पक्राउ गरिएको साहको तर्फबाट वकालत गरिरहेका अधिबक्ता विनोद पाण्डे जानकारी दिए । 

जाहेरी बिना नै उजुरी गर्न गएको साहलाई उल्टै पक्राउ गरी थुनामा राखिएको उनका समर्थकहरुले जनाएका छन् । इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरिक्षक राजाराम केसरीले सामाजिक संजालमा शान्ती सुरक्षा माथि आँच आउने किसिमको सामग्री राखेपछि प्रहरी प्रतिबेदनको आधारमा उनी माथि मुद्दा चलाएको बताए । 

यता, उनका समर्थकहरुले  प्रदेश २ का मुख्यमन्त्री राउतको दबाब र प्रभावमा परेर नेपाल प्रहरीले उनलाई बिना कारण पक्राउ गरिएको सामाजिक संजालहरुमा लेख्दै आएका छन् । 

फेसबुक र ट्वीटरमा साहको समर्थकले विष्णु प्रताप साहलाई रिहा नगरे यसपछि सृजना हुने अवस्थाको जिम्मेवारी मुख्यमन्त्री लालबाबू राउतले लिनुपर्ने चेतावनी समेत दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ