arrow

नेपालमा सोमबार ४१८ जनामा कोरोना संक्रमण

logo
प्रकाशित २०७७ साउन १९ सोमबार
corona-nepal-ministry.JPG

काठमाडौं। मुलुकभरि पछिल्लो २४ घण्टामा कोरोना भाइरसका नयाँ संक्रमित ४ सय १८ जना भेटिएका छन्। स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले सोमबार नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी गराएका हुन।

पछिल्लो २४ घण्टामा गरिएका कुल ७ हजार ६ सय ३७ नमुना परिक्षण गर्दा संक्रमितको उक्त संख्या भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमाडौं उपत्यकामा भने सोमबार कोरोना संक्रमितको संख्या ५१ पाइएको छ। 

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको गौतमले बताए। नेपालमा कोरोना भाइरस संक्रमणबाट हालसम्म ५७ जनाको मृत्यु भएको छ।

पछिल्लो समय सरकारले लकडाउन खुल्ला गरेसँगै कोरोना संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ