बाँकेमा लगाइएको निषेधाज्ञालाई रक्षाबन्धनमा केही खुकुलो
प्रकाशित २०७७ साउन १९ सोमबार
815
Shares
नेपालगन्ज । बाँकेमा सोमबार निजी सवारी साधन तथा रक्षाबन्धनसंग सम्बन्धित पसल व्यवसाय संचालन गर्न दिइएको छ ।
समुदायमै कोरोना फैलिएका कारण आइतबारदेखि तीन दिनका लागि निषेधाज्ञा जारी गरिएपनि सोमबार रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व परेकाले सर्वसाधारणको सहजताका लागि निजी सवारी साधन तथा रक्षाबन्धनसंग सम्बन्धित पसल व्यवसाय संचालन गर्न दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।
निषेधाज्ञा केही खुकुलो पारिएसंगै सोमबार विहानदेखि बजारमा केही चहलपहल देखिएको छ ।