सनराइज बैंकको सीईओमा जनक शर्मा पौड्यालकै निरन्तरता
प्रकाशित २०७७ साउन १५ बिहिबार
835
Shares
काठमाडौं। राष्ट्रबैंकको सकारात्मक हस्तक्षेप पछि सनराइज बैंकमा देखिएको विवाद तत्कालका लागि समाधान भएको छ।
राष्ट्रबैंकको सकारात्मक हस्तक्षेप र सुझाव पछि बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनक शर्मा पौड्याललाई नै निरन्तरता दिने निर्णय गरेको हो।
पौड्याललाई निरन्तरता दिने निर्णयसँगै विवादित दुबै पक्षले आत्मालोचना गरेका छन्। संचालक समितिका अध्यक्ष मोतिलाल दुगडको अध्यक्षतामा बिहिवार बसेको सञ्चालक समिति बैठकले दुवै पक्षलाई आत्मालोचना गराउँदै कार्यसम्पादनका आधारमा पौड्याललाई नै निरन्तरता दिने भनेर निर्णय गरेको संचालक समितिका एक सदस्यले बताए।
यसअघी विवाद बढ्दै जाँदा केही सञ्चालकहरुले बैंकका सीईओ पौड्याललाई हटाउनुपर्ने माग गरेका थिए । पौड्याललाई स्पष्टीकरण समेत सोधिएको थियो ।