सुनवर्षीको सिक्टीमा समुदायमै देखियो कोरोना, एक जनाको मृत्यु
प्रकाशित २०७७ साउन १५ बिहिबार
294
Shares
रंगेली । मोरङको सुनवर्षी नगरपालीका ८ सिक्टीका ४५ वर्षीय एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।
मृतक व्यक्ति समुदायमा बस्दै आएका थिए । उनमा उच्च ज्वरो आएपछी रंगेली हुदै विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा पिसिआर जाच गराउदा कोरोना पोजेटिभ देखिएको थियो।
धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साउन १३ गते उपचारका लागी भर्ना भएका उनको बुधबार दिउसो ४:४५ बजे मृत्यु भएको सुनवर्षि नगरपालीका मेयर काली प्रसाद दासले जानकारी दिए ।