arrow

बारामा एमसीसीको खारेजीको माग गर्नेहरुले प्रधानमन्त्री ओली र पाकिस्तान बिरुद्ध समेत लगाए नारा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन २ शुक्रबार
protest-against-oli-pakista.jpg

बारा। प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमी अयोध्याबारे दिएको अभिव्यक्तिबारे राष्ट्रिय एकता अभियानले बाराको जीतपुरमा विरोध प्रदर्शन गरेको छ । अभियानले पाकिस्तान सरकारविरुद्ध पनि प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री ओलीले भानुजयन्तीका अवसरमा अयोध्या नेपालको बारेमा दिएको विवादास्पद अभिव्यक्तिको विरोधमा जीतपुरमा विरोध प्रदर्शन गरिएको हो ।

अभियानका केन्द्रीय सदस्य राजा गिरीको नेतृत्वमा प्रधानमन्त्री ओलीले अयोध्यामाथि दिएको तथ्यहिन वक्तव्य र पाकिस्तान सरकारले हिन्दू मन्दिर भत्काएको विरोधमा बिहीबार विरोध प्रदर्शन गरिएको हो ।

जीतपुरमा राष्ट्रिय एकता अभियानका जीतपुर संयोजक सुबोध गुप्ता र सहसंयोजक हरिचन्द्र पासवानको नेतृत्वमा बिरोध प्रदर्शन भएको हो । प्रदर्शनमा अभियानका केंद्रीय सदस्य राजा गिरीले पाकिस्तान सरकार र प्रधानमन्त्री ओलीलाई खबरदारी गरेका थिए ।

यसअघि पनि राष्ट्रिय एकता अभियान पर्साले अमेरिकी मिलेनियम च्यालेन्ज कोर्पोशन (एमसीसी) सम्झौता र परराष्ट्रमन्त्रीले गोरखाको रुई गाउँ सम्बन्धि दिएको गैरजिम्मेवारी अभिव्यक्तिको विरोधमा वीरगञ्जमा पर्दशन गरेको थियो ।

प्रदर्शनका क्रममा उनीहरुले एमसीसी खारेजी र परराष्ट्रमन्त्री ज्ञवालीको राजीनामाको माग गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ