arrow

एक महिलाको कपाल काटेर गाउँ घुमाए गाउँपालिका सदस्य कानुले, पक्राउको डरले फरार

logo
दिपेन्द्र चौहान,
प्रकाशित २०७७ असार ३१ बुधबार
single-woman-widow-parsa.jpg

वीरगंज। छिपहरमाई गाउँपालिका वडा नं. ३ बस्ने छोटकी जयमंगलापुरको एकल महिलालाई सोही गाउँपालिकाका एक कार्यपालिक सदस्य सहित केही व्यक्तिहरुले कपाल काटेर गाउँ परिक्रमा गराएको घटना उजागर भएको छ। 

बुधबार बिहान ९ बजे एकल महिला उमादेवीलाई सोही गाउँपालिकाका सदस्य सुवास साह कानु, संजय गिरी, मुन्नीलाल परदेशी, राजदेव शर्मा लगायत केही महिला समेतले 'बदचलन' भएको आरोप लगाई कपाल काटेर गाउँ घुमाएको घटना सार्वजनिक भएको हो।

सो घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटेका प्रहरीहरु गई मुन्नीलाल परदेशी र राजदेव शर्मा सहित केही महिलाहरुलाई पक्राउ गरेका छन् भने गाउँपालिका सदस्य सुवास साह कानु लगायतका केही व्यक्तिहरु फरार भएको छन्। 

जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम ब्रान्चका प्रहरी निरिक्षक रबी भुषण यादवले पीडित महिलालाई आफन्तको जिम्मामा लगाएर पठाएको र केही व्यक्तिहरु हिरासतमा भएको जानकारी दिए।

पीडित एकल महिलाको दुई वर्ष अगाडी पतिको मृत्यु भएको थियो। उनको ५ वटा छोरी र एक छोरा छन्। परिवारका सदस्यहरुको लालन–पालनको लागि अरुको घरमा काम गरेर आफ्नो जीविकोपार्जन गरिरहेको उनले प्रहरीलाई बताएकी छिन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ