साउन ४ देखि बन्द कार्यालय खोल्ने रौतहट प्रशासनको निर्णय
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७७ असार ३१ बुधबार
877
Shares
रौतहट। बन्द भएका कार्यालय खोल्ने निर्णय भयको छ। जिल्ला प्रशासन कार्यालय रौतहटको असार ३१ गते बसेको बैठकले साउन ४ गतेबाट सबै ईलाका प्रशासन कार्यालय,भुमीसुधार तथा मालपोत कार्यालय गौर,सबै मालपोत कार्यालय र सबै नापी कार्यालय खोल्ने निर्णय भयको प्रमुख जिल्ला अधिकारी बासुदेब घिमिरेले जानकारी दिए।
गत जेष्ठ ३२ गते कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै प्रशासनले कार्यालय बन्द गर्ने निर्णय गरेको थियो। अहिले संक्रमण दर घट्दै गयको र कार्यालय बन्द हुँदा सेवाग्राही मारमा परेको जनगुनासो बढेपछी कार्यालय खोल्ने निर्णय भएको प्रजिअ घिमिरेले जानकारी दिए।
कोरोना संक्रमण फैलिनबाट रोक्न आवश्यक सुरक्षा उपाय अपनाएर कार्यालय खोलेर सेवा दिन प्रशासनले निर्णय गरेको हो।