मूल्य वृद्धिको विरोधमा नेविसंघले गर्यो विरोध प्रदर्शन
प्रकाशित २०७७ असार २८ आइतबार
589
Shares
काठमाडौं । कोरोना भाइरसको महामारीको मारमा परिरहेका जनतालाई थप पीडामा पार्ने गरी सरकारले निरन्तर पेट्रोलियम पदार्थमा गरेपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विरोध प्रदर्शन गरेको छ । अध्यक्ष राजिव ढुङ्गानाको नेतृत्वमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेविसंघले आइतबार नेपाल आयल निगमको अगाडि बबरमहलमा विरोध प्रदर्शन गरेको हो ।
निरन्तर मूल्यवृद्धि नगर्न आग्रह गर्दा समेत बेवास्ता गरिएपछि नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले नेपाल आयल निगम अघि घेराउ गरेको हो। नेविसंघले मूल्यवृद्धि नगर्न चेतावनी दिएको भोलिपल्टै मूल्यवृद्धि गरिएपछि नेविसंघले बिरोध प्रदर्शन गरेको हो ।
'कोरोना भाइरसको महामारीको संकटमा छौ सबै सचेत हुन आवश्यक छ ।, नेविसंघका महामन्त्री दिपक भट्टराईले भने,' पेट्रोलियम पदार्थमा गरिएको मुल्य बृद्धिले सबै क्षेत्रमा मुल्य असर गर्द्छ । दुई दुई पटक गरिएको मल्य बृद्धिले नागरिकको ढाड सेक्ने काम भएको छ ।'
'नेविसंघले आयल निगममा हुने भ्रष्टाचारको भण्डाफोर गर्न आवश्यक छ । साथै निगममा बोनस खाने प्रबृत्ति बन्द हुनुपर्ने,आयल निगम पारदर्शी हुनुपर्छ, अध्यक्ष राजिव ढुङ्गाना भने,' तेलमा थपिको बुढिगण्डको थप शुल्क आदि खारेज हुनुपर्छ । सरकार गैर जिम्मेवर भएको नेविसंघ ठहर छ।'
नेपाल आयल निगमले शुक्रबार राती १२ बजे देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बृद्दी गरेको थियो। निगमले डिजेल, पेट्रोल र मट्टितेलको मुल्य १०२ रुपैया पुराएको । यस अघि नेविसंघ ले कोभिड-१९ को महामारीको समय पेट्रोलियम पदार्थमा गरिएको भारी मुल्यवृद्धिको बिरोधमा ध्यानाकर्षण जनाउदै नेपाल आयल निगम लिमिटेडका महाप्रबन्धकलाई ७ बुँदे ज्ञापन पत्र बुझाएको थियो ।