arrow

'एमसीसी कहिले प्रस्तुत गर्ने सरकारमा बस्नेहरुकै जिम्मा'

logo
हाम्रा कुरा
प्रकाशित २०७७ असार १२ शुक्रबार
nidhi-spastikaran-news-a.jpeg

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति एवं पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले नागरिकताका विषयमा नेपालको संविधान २०७२ ले व्यवस्था गरे विपरीत कानून निर्माण गर्न खोज्नु संविधानको उल्लङ्घन हुन्छ भन्ने पार्टीको धारणा रहेको बताएका छन्। 

प्रतिष्ठानको संयोजनमा कांग्रेसका जिल्ला सभापतिसँग शुक्रबार गरिएको ‘जुम’ अन्तरसंवाद कार्यक्रममा उनले कानून र नियमहरु संविधान विपरीत बन्नु हुँदैन भन्ने संविधानवादको मान्यता भएको बताए । 

उपसभापति निधिले भने, “संयुक्त राज्य अमेरिकी सहयोग, एमसीसी सम्झौताबारे कांग्रेस पार्टी र संसदीय दलले नै समर्थन गर्ने निर्णय गरिसकेको छ । तर सरकारले संसद्मा कहिले प्रस्तुत गर्ने हो त्यो सरकारमा बस्नेहरुकै जिम्माको विषय हो ।” 

कार्यक्रममा जिल्ला सभापतिहरुसँग कोरोना संक्रमणको अवस्था, एमसीसी, सीमा, नागरिकता विधेयकजस्ता समसामयिक विषयसहित पार्टीको अवस्थाबारे छलफल भएको थियो । 

बैठकमा जिल्ला सभापति वीरबहादुर राना, दिनेश यादव, दीपन श्रेष्ठ, लवश्री न्यौपाने, नरनारायण शाह, विष्णु लामिछाने, रमेश धमला, भुवन श्रेष्ठ, जीतनारायण श्रेष्ठ, लीला बोखिम, हरिप्रसाद बोहरा, भरतबहादुर स्वाँर, भेषबहादुर पौडेल, कविराज पण्डित, महेशशङ्कर गिरी, बैकुण्ठ न्यौपाने, नरेन्द्रकुमार केरुङ, मधु आचार्य, रुद्र खड्का, महेन्द्र यादव, अजयकुमार द्विवेदी, प्रदीपकुमार सुनुवार, खिमप्रसाद भुसाल, नागेन्द्रकुमार राय, कृष्णप्रसाद यादव, केशरमान रोकाया, नन्दमणि राई, रामचन्द्र यादव, पेमा छिरिड. तामाङ, प्रदीप देउवासहितले मन्तव्य व्यक्त गरेका थिए । 
 
करिब पाँच घण्टासम्म चलेको बैठकमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा पुरुषोत्तम दाहाल र सदस्य डा जगदीशचन्द्र पोख्रेलसमेतले विचार व्यक्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ