‘अख्तियारको ध्यान मोड्न निजी क्षेत्रलाई डाम्ने विधेयक’: डा. शेखर कोइराला
हाम्रा कुरा
प्रकाशित २०७७ असार ९ मंगलबार
1.1k
Shares
काठमाडौं। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले निजी क्षेत्रलाई डाम्नेगरी ल्याइएको विधेयक अख्तियारको ध्यान मोड्नका लागि ल्याइएको बताएका छन्। उनले समाजिक सञ्जाल ट्वीटरमार्फत अख्तियारको मुख्य काम छाडेर अन्तै ध्यान मोड्ने षडयन्त्र अनुसार विधेयक ल्याइएको उनको दावी छ। उनले निजी क्षेत्रलाई छानविनको दायरामा ल्याउने गरी तयार पारेको विधेयक संविधानको प्रावधान विपरित रहेको समेत औंल्याएका छन्। ‘अख्तियारले निजी क्षेत्रलाई समेत छानविनको दायरामा ल्याउने गरी तयार पारेको विधेयक संविधानको प्रावधान विपरित छ।
अख्तियारले निजी क्षेत्रलाई समेत छानविनको दायरामा ल्याउने गरी तयार पारेको विधेयक संविधानको प्रावधान विपरित छ । नेपालको संविधानको धारा २३९ ले स्पष्ट रुपमा ‘सार्वजनिक पद धारण गरको व्यक्ति’ भनेर किटान गर्दागर्दै यसरी विधेयक ल्याउनु अधिनायकवाद तर्फको सरकारको अर्को फड्को हो ।
नेपालको संविधानको धारा २३९ ले स्पष्ट रुपमा ‘सार्वजनिक पद धारण गरको व्यक्ति’ भनेर किटान गर्दागर्दै यसरी विधेयक ल्याउनु अधिनायकवाद तर्फको सरकारको अर्को फड्को हो।’ उनले ट्वीटरमा थप भनेका छन्, ‘त्यति मात्र नभई हालका वर्षमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सम्बन्धमा अख्तियारको काम कारवाही प्रभावकारी हुन नसकेको स्थितिमा यो विधेयक उसको आफ्नो मूल काम छाडेर अन्तै ध्यान मोड्न खोजिएको षडयन्त्र हो।’ पछिल्लो समय दुई तिहाइको सरकारको आडमा मौलाएको भ्रष्टाचारको छानविन गर्ने अख्तियारको मूख्य काम भएको संकेत कोइरालाले गरेका छन्।
वाइडबडी जहाज खरिद प्रकरण देखि महामारीको बेला स्वास्थ सामग्री खरिदमा भएको अनियमितताको छानविन अख्तियारले गर्न नसकेको अवस्थामा उक्त कामबाट अख्तियारको ध्यान मोड्न विधेयक ल्याइएको संकेत कोइरालाले गरेका छन्। यसअघि राष्ट्रिय सभाको विधायन समितिले अख्तियारले निजी क्षेत्रको समेत छानविन गर्न पाउने विधेयक ल्याएको थियो। उक्त विधेयकको चौतर्फी आलोचना भइरहेको छ।