मुस्लिम बाहुल्य देशको पैसामा गणेशको तस्विर, छापिएपछि रोकिएको थियो गिर्दो अर्थतन्त्र
प्रकाशित २०७७ असार १ सोमबार
749
Shares
काठमाडौं । गणेशको नेपाल, भारत मात्र होइन, अन्य देशहरूमा पूजा गरिन्छ। संसारमा मुस्लिम जनसंख्या भएको देशको नोटमा पनि गणेशको चित्र छापिएको पाइन्छ।
इन्डोनेसियाको मुद्रालाई रूपियाह भनिन्छ। यहाँको २० हजारको नोटमा भगवान गणेशको तस्वीर छ। वास्तवमा, भगवान गणेशलाई सो मुस्लिम देशमा शिक्षा, कला र विज्ञानको देवताको रूपमा मानिन्छ । इन्डोनेसियामा करीव ८७. ५ प्रतिशत जनसंख्या इस्लाम धर्म मान्छन् भने ३ प्रतिशत हिन्दू रहेका छन् ।
इन्डोनेसियाको यो २० हजारको नोटको अघिल्लो भागमा भगवान गणेशको तस्वीर छ भने पछाडिको भागमा कक्षाकोठाको चित्र छ। जसमा विद्यार्थी र शिक्षकको तस्वीर छ।
नोटमा भगवान गणेशको फोटो छाप्नुको कारण
इन्डोनेसियाको अर्थव्यवस्थामा केहि वर्ष पहिले गिरावट आएको थियो। सोपछि त्यहाँ २० हजारको नयाँ नोट जारी गरियो जसमा भगवान गणेशको तस्वीर छापिएको थियो। यसलाई छाप्नुको पछाडि आर्थिक चिन्तकहरूले विश्वास गरेका थिए कि यसले फेरि अर्थव्यवस्थालाई सुदृढ पार्छ । पछि उनिहरुले भने जस्तै इन्डोनेसियाको अर्थव्यवस्थामा परिवर्तन आयो।