राप्रपाका अध्यक्षत्रयको निर्णयमा नेता सुनिल बहादुर थापाले दिए चुनौती, सच्याउन माग
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ३० शुक्रबार
538
Shares
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिल बहादुर थापाले अध्यक्षत्रयबाट गठित केन्द्रीय समिति, कार्यसम्पादन र सचिवालयका बारेमा गम्भीर असहमति जनाउँदै खुल्ला पत्र लेखेका छन्।
अध्यक्षत्रय पशुपति शमशेर राणा कमल थापा र प्रकाशचन्द्र लोहनीले जेठ २९ गते ३२७ सदस्यीय केन्द्रीय समिति, ८२ सदस्यीय कार्यसम्पादन समिति र १३ सदस्यीय सचिवालय गठन गरेका थिए।
विभिन्न समितिहरु गठनको जानकारी सामाजिक संजालबाट मात्र थाहा पाएको उल्लेख गर्दै थापाले सचिवालय गठनमा समावेशिताको धज्जी उडाइएको आरोप लगाएका छन् । उनले महिला, मधेशी, थारु, दलितको प्रतिनिधित्व नगराइएकोमा आपत्ती जनाएका हुन्। थापाले पार्टी एकिकरण हुँदाको आधारपत्रलाई समेत लत्याइएको आरोप लगाएका छन्।
राप्रपा पार्टी गठन हुँदादेखिनै धनकुटा जिल्लाले खेखलेको भूमिकालाई पनि अवमूल्यन गरिएकोमा रुष्ट रहेका थापाले गल्ति गरिएको प्रारम्भदेखिनै निर्णय सच्याउन समेत माग गरेका छन्।